This is a test

घामको भरमा टेलिफोन

0

नरेन्द्र कार्की, दार्चुला माघ ०१ गते ।

दार्चुलाका अधिकांश गाउँपालिकाका स्थानीयले घाम पर्दा मात्रै टेलिफोन चलाउन पाइने भएको प्रति गुनासो गरेका छन् । स्थानीय सरकार आएपनि अझै गाउँका टेलिफोन टावरहरुमा सुधार आउन नसकेको स्थानीयले गुनासो गरेका हुन ।

नौगाड गाउँपालिकाको सिप्टीमा रहेको टेलिफोन टावरमा सोलार मार्फत पावर सप्लाई गरेको हुँदा घाम परेको बेला मात्रै नटवर्कले काम गर्ने गरेको स्थानीय शिक्षक विशनसिह ठगुन्नाले जानकारी दिनुभयो । सिप्टीको टावरले नौगाड गाउँपालिका र मार्मा गाउँपालिकामा काम गर्छ । घाम लागे मात्रै काम गर्ने फोनका कारण जनप्रतिनिधी समेत समस्यामा छन् ।

वडा नम्बर २ का अध्यक्ष नारायणसिह ठगुन्नाले दल्लेकमा निर्माण हुन लागेको टेलिफोन टावर निर्माण कार्यलाई दु्रतता दिन सबैले सहयोग पुर्याउन आग्रह गर्नुभयो । एउटै टावरको कारण नौगाड बासीले समस्या झेलेको भन्दै विकल्पको रुपमा दोस्रो टावर निर्माण गर्नमा तिव्रता दिनमा दबाब दिनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved