This is a test

घाँटी रेटिएको अवस्थामा विद्यार्थीको शव फेला

0

बिपि अनमोल, महेन्द्रनगर २८ साउन ।

कन्चनपुरको महेन्द्रनगर स्थित सिद्धनाथ बिज्ञान क्याम्पसमा अध्ययनरत एक बिद्यार्थीको घाँटी रेटिएको अवस्थामा क्याम्पसको होस्टेलमा शव भेटिएको छ । होस्टेलको मेस ठेक्कामा सञ्चालन गरेर क्याम्पसमा अध्ययन गर्दै आएका डम्बर जाग्री आज विहान मृत भेटिएका हुन । बझांग घर भई होस्टेलमा बसेर अध्ययन गर्दै आइरहेका जाग्रीको बिहान साढे ८ बजेको समयमा होस्टेलमा रहेको मेसको स्टोर कक्षमा शव भेटिएको हो ।

उनले उक्त होस्टेलको मेस ठेक्कामा लिएर आफै सञ्चालन गर्दै आइरहेका थिए । उनको हत्या भएको हो वा आत्महत्या भन्ने खुलेको छैन । प्रहरीले मेसमा काम गर्दै आएका ३ जनालाई नियन्त्रणमा लिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व क्याम्पस ईकाई कमिटी अध्यक्ष समेत रहेका उनी स्नातक तह चौथो बर्षमा अध्ययनरत थिए । खाना पकाउने मानिस भान्सामा खाना बनाइरहेको अवस्थामा स्टोरमा जादा शव भेटिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएकोले अहिले नै केही भन्न नसकिने जनाएको छ । यसैबीच अखिल क्रान्तिकारी कञ्चनपुरले आफ्ना इकाइ कमिटिका अध्यक्षको हत्या भएको भन्दै घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । अध्यक्ष विरेन्द्र राज विष्टले विज्ञप्ती जारी गर्दै विभत्स र कायरतापूर्ण हत्या भएको र यसको मुख्य जिम्मेवार क्याम्पस प्रशासन र होस्टेल इन्चार्ज रहेको भन्दै तत्काल दोषीलाई समातेर कारबाही हुनुपर्ने माग गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved