This is a test

गौचन हत्याका मुख्य योजनाकार समीरमान पक्राउ

0

काठमाडौं, मंसिर १७ गते ।

व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यात पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले ३२ वर्षीय गुण्डा नाइके बस्न्यातलाई चितवनबाट पक्राउ गरेको हो । सीआईबीले आइतबार नै पत्रकार सम्मेलन गरेर बस्न्यातलाई सार्वजनिक पनि गरेको छ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । लेनदेनको विवादका बस्न्यातले गौचनको हत्या गरेको प्रहरीको दाबी छ ।

सीआईबीले बस्न्यातको एउटा अडियो पनि सार्वजनिक गरेको छ, जसमा समीरमानले गौचनको हत्या आफ्नो योननामा भएको स्वीकार गरेका छन् । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्या तथा दावा लामामाथि गोली प्रहारमा समीरमान संलग्न रहेको प्रहरीले बताएको छ । गौचन हत्यामा संलग्न भनिएका मनोज पुन भने तिवारी हत्यापछि नै आफ्नो समूहमा नरहेको समीरको दाबी छ ।

साभार : अनलाइनखबर

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved