गोरुले हान्दा एकको मृत्य

0

महेन्द्रनगर, २६ असोज ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवकको खेत जोत्ने क्रममा गोरुले हान्दा मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर २ कटानका ३५ वर्षिय सोमारी खुनाको आफ्नै खेतमा गोरुले हान्दा मृत्यु भएको हो । खेत जोतिरहेको समयमा उनलाई गोरुले हानेको प्रहरीले जनाएको छ । गोरुले सिङ्गले हान्दा उनको मुटुमै चोट लागेको र उपचारका लागि धनगढी लैजादै गर्दा उनको मृत्यु भएको कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । बुधवार दिउँसोको समयमा खेत जोतिरहेको समयमा अगाडीपट्टि गोरुलाई मिलाउन लाग्दा गोरुले सिङ्गले हानेको हो । गोरुको सिङ्गले प्रहार गर्दा उनको मुटुमै चोट लागेको बुझिएको छ । गोरुले हाने लगत्तै उनलाई उपचारका लागि धनगढी लगिएपनि बाटोमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

Share.

Leave A Reply