This is a test

गोदावरी धाममा हुने मकरमेलाको प्रधानमन्त्रीले उद्घाटन गर्ने

0

धनगढी, पुस २९ गते ।

गोदावरी धाममा हुने यसवर्षको बाह्रराशी दर्शन मकर मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम तय भएको छ । गोदावरी धाम विकास समितिका संयोजक पदमराज जोशीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलाको उद्घाटनको निम्ता दिएको र उहाँको नीजि सचिवायलले पुष ३० गते विहान ९ बजेको समय दिएको बताउनुभयो । यसअघि मकर मेलाको उद्घाटनका लागि दिउसो १ बजेको समय तोकेर निमन्त्रण गरिएको थियो ।

संयोजक जोशीले मकर मेलाको विहान ९ बजे उद्घाटन हुने भएकाले सबैलाई विहान उपस्थिति भईदिन अनुरोध गर्नुभयो । १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने संयोजक जोशीले बताउनुभयो । दुईवर्ष अघि महाकुम्भ गरेर सुरु गरिएको धाममा हरेक १२ वर्षमा महाकुम्भ हुने र हरेक ६ वर्षमा अर्ध कुम्भ आयोजना हुनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved