This is a test

गोदावरी धाममा वढ्दै गएको धार्मिक पर्यटन !

0

सिताराम ओझा, धनगढी माघ ०३ गते ।

कैलालीको गोदावरी क्षेत्र पछिल्लो दुई वर्षमा धार्मिक पर्यटनको केन्द्र वन्दै गएको छ । दुई वर्ष अगाडी कुम्भ मेलाको आयोजना भएपछि यसको धार्मिक महत्व उजागर भएको हो । कुम्भ मेलाको आयोजनासँगै करौडौका संरचना निर्माण हुन थालेपछि धाममा श्रदालुहरुको भिड वढ्दै जाँदा हरेक वर्ष मेलाको समेत आयोजना हुँदै आएको छ । सुदूरपश्चिमको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरी, धार्मिक पर्यटनको गन्तव्य स्थल वन्न थालेको हो ।

दुई वर्ष अगाडीसम्म्म गोदावरीको धार्मिक महत्व उजागर नहुँदा धार्मिक कार्यहरु कम हुने गरेकोमा आज भोली आएर भनेर धार्मिक पर्यटन केन्द्रको रुपमा विकास हुँदै गएको गोदावरी धाम व्यवस्थापन समितीका उपाध्यक्ष मदनराज पाण्डेयले बताउनुभयो । सामान्य रुपमा रहेको गोदावरी क्षेत्र महाकुम्भको आयोजनासँगै अहिले धामको रुपमा विकास हुँदै गएको छ ।

अहिले पनि करौडौका धार्मिक संरचनाहरु निर्माणको काम भईरहेको छ । कुम्भ मेला र हरेक वर्ष आयोजना हुने मकर मेलावाट संकलन भएको रकमसँगै सरकारी स्तरवाट पनि वजेट विनियोजन भएर धार्मिक क्षेत्रमा लगानी बढेपछि त्यसको गोदावरी सुन्दर भईरहेको छ ।

यसलाई एउटा प्याकेजकै रुपमा अगाडी वढाउन र त्यसका लागि अव ठोस योजना वनाउनु पर्ने कैलाली क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सांसद नारदमुनी रानाले बताउनुभयो । धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरी मध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । विभिन्न जिल्लाहरुमा रहेका सात वहीनी भगवतीसँगै गोदावरीलाई प्रवेशद्धारका रुपमा विकास गर्न सकेमा अझ धार्मिक पर्यटन वढ्ने सम्भावना रहेको छ ।

त्यसका लागि आफुहरु पनि लागिरहेको र सरकारले पनि लगानी गर्नुपर्ने गोदावरी नगरपालिका मेयर हिरासिंह साउँदले बताउनुभयो । गोदावरीभन्दा माथि कैलाशद्धार निर्माण हुनेछ । धनगढीदेखि करिव २२ किलोमिटर उत्तर चुरे पहाडको फेदमा रहेको गोदावरी क्षेत्र धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यस्थल बन्न थालेको हो । प्रधानमन्त्री शेरवहादुर देउवाले पनि आफ्नो व्रतवन्ध भएको गोदावरी क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान श्रीकृष्णले स्नान गरेको भन्ने स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान राम, भिष्म पितामह र पाण्डवहरुले पनि स्नान गरेको किंवदन्ती छ । साहित्यकार पदमराज जोशी लगायतका धार्मिक ब्यक्तित्वहरुको हलमा गोदावरीलाई धार्मिक क्षेत्र वनाउने कार्य सुरु भएको थियो ।

अव यसलाई धामको रुपमा विकास गर्ने जिम्मा स्थानीय तहले लिनुपर्ने धाम व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका पदमराज जोशीले बताउनुभयो । धार्मिक आस्था उजागर भएसँगै भारतका विभिन्न तिर्थस्थलमा गएर गरिने धार्मिक कार्यहरु गोदावरीमै हुन थालेका छन । भारतवाट पनि वर्षेनी श्रद्धालुहरु गोदावरीको दर्शन गर्नका लागि आईरहेका छन । संरचना निर्माणकै क्रममा रहेकोले संरचना निर्माण भएमा धाम अझ धार्मिक पर्यटन र आस्थाको केन्द्र विन्दु वन्नेमा दुई मत छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved