This is a test

गोदाबरी नगरपालिका खुल्ला दिशामुक्त घोषणा

0

लक्ष्मण गौतम, अत्तरिया पुस १२ गते ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नगरपालिका क्षेत्र भित्र रहेका सबै १९ हजार घरधुरीमा शौचालय निर्माण गरिएको भन्दै मंगलवार एक कार्यक्रमको आयोजना गरि नगरपालिका क्षेत्रलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती कैलालीका सदस्य टेक बहादुर बुढा प्रमुख अतिथी र बिशिष्ठ अतिथी खानेपानी तथा सरसरफाई डिभिजन कार्यालय धनगढीका ईन्जिनियर दल बहादुर शाह रहनु भएको थियो ।

सरकारले सन २०१७ भित्र देश लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तरगत कैलालीको गोदाबरी नगरपालिकालाई पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ । गोदाबारी नगरपालिकाका कार्यकारी अधिकृत मोहन मरासिनीले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता उपप्रमुख रत्ना कडायतले गर्नु भएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved