This is a test

गोदाबरी नगरपालिकाको पहिलो नगर सभा, ७५ करोड बराबरको बजेट पेस

0

लक्ष्मण गौतम, अत्तरिया ३१ भदौ ।

कैलालीको गोदाबरी नगरपालिकाको पहिलो नगरसभा गेटामा सुरु भएको छ । नगर सभाको जिल्ला समन्बय समितीका संयोजक सुर्य बहादुर थापाले उदघाटन गर्नुभयो । नगरसभामा गोदाबरी नगर पालिकाका उपप्रमुख रत्ना कडायतले आर्थिक बर्ष ०७४÷७५ को लागी ७५ करोड ८६ लाख ५६ हजार ६ सय ९९ रुपैयाको बजेट पेश गर्नुभयो । नगर सभामा नगरभित्र संचालन गरिने बिभिन्न कार्यक्रम तथा निती पेश गरिएको छ । जस मध्ये सुसासन, पारदर्शिता, जबाफदेहीता गणस्तरिय सेबा प्रबाह, जनशक्ती ब्यबस्थापन र संंस्थागत क्षमता बिकाश, तथ्यांक तथा ब्यबस्थापन, भौतिक पूर्बाधार र यातयात, खानेपानी सरसफाई तथा फोहर मैला ब्यबस्थापन, राजश्ब र बित्तीय ब्यबस्थापनका विषहरु नीति तथा कार्यक्रममा समावेश गरिएका छन ।

यस्तै महिला बालबालिका, जेष्ठ नागरिक आदीबासी तथा जनजाती तथा अपांगता भएका ब्यक्ती र सामाजीक सुरक्षा, सुचना तथा संचार, बन बाताबरण संरक्षण, कृषी सहकारी, सिंचाई र पशु बिकाश, रोजगार र उद्यमशिलता र प्रर्यटन बिकाश लगायतका विषयबस्तु नीति तथा कार्यक्रममा समावेश गरिएका छन । भोलीबाट बन्दशत्र संचालन गरि बजेट तथा कार्यक्रमलाई पुर्णता दिईने गोदाबरी नगरपालिकाका कार्यकारी अधिकृत मोहन मरासिनीले जानकारी दिनुभयो । प्रमुख अथिति थापाले कैलालीको अत्तरियालाई प्रदेश नं ७ को राजधानीका रुपमा हेरिनुलाई अन्यथा लिन नहुने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved