This is a test

गोदाबरी नगरपालिकाका कर्मचारीको मनोमानी : कार्यालयमा आउने, हाजीर गरेर बाहिरीने

0

लक्ष्मण गौतम, अत्तरिया फागुन १० गते ।

कैलालीको गोदाबरी नगरपालिका कार्यालयका कर्मचारी मनोमानीका कारण सेबाग्राहीहरु मर्कामा परेका छन । दैनिक जसो कर्मचारीहरु कार्यालयमा आउने र हाजीर गरेर बिभिन्न काम देखाई कार्यालय बाहिरीने गरेपछि सेबाग्राहीहरु मर्कामा परेका हुन ।

केही दिन अगाडी देखी केही कर्मचारीहरु कार्यालयमा नै नआउने तथा केही आएर पनि बिभिन्न कामको बहाना बनाई अन्यत्र जाने गरेपछि कामका लागी बिभिन्न स्थान बाट नगरपालिका पुगेका अधिकांश सेबाग्राहीहरु कर्मचारीहरुको पर्खाईमा दिन काटन बाध्य भएका छन ।

लामो समय देखी कर्मचारीहरु केही समयका लागी मात्रै कार्यालयमा आउने र दिउँसो १ बजे बाट अधिकांश कर्मचारीहरु फिल्डको बहानामा ब्याक्तीगत काममा जाने गरेको गोदाबरी ४ हाडखोली बाट अत्तरिया कार्यालयमा पुग्नु भएका सेबाग्राही कर्ण बहादुर साउँदले गुनासो गर्नुभयो । नगरपालिकाका प्रशासकिय अधिकृत शिबराज भाटले कर्मचारीका कमजोरीका कारण सेबाग्राहीहरुले दुख पाउने गरेको स्वीकार गर्दे यसबारेमा कार्यालयमा छलफल गर्ने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved