गोजुरीयो टोली भारत प्रस्थान

0

धनगढी, ८ साउन ।

भारतमा हुने अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई शनिवार विदाई गरीएको छ । राष्ट्रीय गोजुरीयो कराते दो संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा नेकपा एमाले खेलकुद विभाग प्रमुख कर्ण थापा र सुदुरपश्चिमाञ्चल गोजुरीयो कराते दो संघका संस्थापक अध्यक्ष नारदमुनी रानाले नेपाली खेलाडी र अफिसीयलहरुको विदाई गर्नुभएको हो ।

विदाईपछि करातेका अन्तराष्ट्रीय निर्णायक प्रकाश चन्दको नेतृत्वमा २८ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ । भारत भ्रमणमा नेपाली टोलीले श्रावण ९ गतेदेखी जैपुरमा हुने दोश्रो आईएमएस कराते प्रतियोगीता र श्रावण २३ गतेदेखी पन्जावमा हुने तेश्रो अन्तराष्ट्रिय शोतोकाई कपमा सहभागीता जनाउने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved