This is a test

गुम्वाबासि जोखिम मोलेर यात्रा गर्दै

0

प्रकाश सिंह, बाजुरा पुस १९ गते ।

बाजुराको हिमाली गाँउ पालिका ३ गुम्बा गाँउका बासिन्दाले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । गुम्वाबाट स्वास्थ्य चौकी, कोल्टि वा मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नु परेको स्थानियले वताएका छन् । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेद नै हुने गरेको छ ।

गुम्वा बाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ति नदिमा पुल समेत छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका छन् । बर्षातमा बाढि बगाउने भएकाले त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद हुने गरेको स्थानिय जगत बहादुर लामाले वताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved