खेल र खेलाडीहरुको हक हितका लागि ९ वुँदे ज्ञापनपत्र वुझाईयो

0

सीताराम ओझा, धनगढी २१ साउन ।

खेलाडी उत्थान सहयोग केन्द्रले खेल र खेलाडीहको हक हितका लागि ९ वुँदे ज्ञापनपत्र वुझाएको छ । शुक्रवार धनगढीका मेयर तथा उपमेयर र १९ वटै वडाहरुका अध्यक्षलाई वधाई तथा शुभकामना दिदै केन्द्रले खेलाडीहरुको हितमा काम गर्न विभिन्न माग सहितको ज्ञापन पत्र वुझाएको हो ।

सेती अञ्चल अस्पतालमा औषधी उपचारको व्यवस्था हुनुपर्ने, निजि विद्यालयमा खेल शिक्षक राख्नुपर्ने, १९ वटै वडाहरुमा खेल मैदान हुनुपर्ने, खेलाडीहरुलाई मासिक रुपमा भत्ताको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष वा दुई वर्षमा खेलाडी सम्मानको कार्यक्रम राख्नुपर्ने सरकारी र गैरसरकारी संस्थाहरुमा खेलाडीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राख्दै धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडलाई ज्ञापन पत्र वुझाईएको खेलाडी उत्थान केन्द्रका महासचिव रतन खातीले जानकारी दिनुभयो । वधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम केन्द्रका अध्यक्ष राजीव गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved