This is a test

खेलकुद प्रतियोगितावाट पर्यटन प्रवद्र्धन

0

सीताराम ओझा, धनगढी पुस १० गते ।

सुदुरपश्चिम अर्थात प्रदेश नम्वर ७ को धनगढीमा पछिल्लो समयमा सुस्ताएको खेल गतिविधि सल्वलाउन थालेको छ । क्रिकेटको शहर धनगढीमा क्रिकेट र फुटवलका ठुला प्रतियोगिताहरु आयोजना भईरहेका छन । यसले एकातिर खेलकुदको विकासमा टेवा पुरिहेको छ भने अर्कोतिर यस क्षेत्रमा खेल पर्यटनको माध्यमले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगिरहेको छ । कैलालीको अत्तरीया र धनगढीमा केही वर्ष सुस्ताएको खेल गतिविधिमा वृद्धि भएसँगै यसले आन्तरिक तथा वाह्य पर्यटकहरु खेलकुद प्रतियोगिताको माध्यममले यसक्षेत्रमा आईरहेका छन ।

उनीहरुको आवागमन वढेसँगै यस क्षेत्रको आर्थिक कारोवार पनि वढिरहेको छ । खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पुगिरहेको वताउँदै धनगढीमा शनिवार मात्रै सम्पन्न भएको फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएको फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले वताए । क्रिकेट र फुटवलका प्रतियोगिताहरु वढेसँगै देशका विभिन्न स्थानका टोली र खेलाडीहरुसँगै विदेशी खेलाडी पदाधिकारीहरु पनि धनगढी आउने गरेका छन ।

उनीहरुले खेलकुद प्रतियोगिताको अवधिभर यही वस्ने खाने र घुम्ने गर्ने गरेका कारण यसले आर्थिक कारोवार वढ्दा खेलकुद पनि पर्यटन प्रवद्र्धनको गतिलो माध्यम वनेको हो । पुस २१ गतेदेखि माघ १ गतेसम्म सुदुरपश्चिम खप्तड गोल्डकपको आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले वताए । केही वर्ष अगाडी धनगढीमा सुरु भएको एसपिए कपबाट वाह्य तथा आन्तरिक खेलाडी र खेलकुद प्रेमीहरुलाई यसक्षेत्रमा भित्र्याउने कामको सुरुवात भएको हो ।

त्यसपछि धनगढीमा भईरहेको धनगढी प्रिंमियर लिग हुँदै फुटवलका विभिन्न प्रतियोगिता र गोल्डकपहरुको आयोजना हुन थालेपछि खेल पर्यटनको विकास हुन थालेको हो । खेल क्षेत्र पनि एउटा उद्योगको रुपमा अगाडी वढिरहेको वताउँदै धनगढी प्रिमियर लिगको आयोजना गर्दै आएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाहीले वताए । सुदुरपश्चिम क्षेत्र सुन्दरपश्चिमको रुपमा स्थापित भईसकेपछि अव गन्तव्य सुदुरपश्चिमको अभियान सुरु गरिएको छ ।

गन्तव्य सुुदुरपश्चिमलाई खेलकुद प्रतियोगिताहरुले मुर्त रुप दिन थालिसकेका छन । ठुला खेलकुद प्रतियोगिताले सुदुरपश्चिम क्षेत्रमा ठुलो योगदान पुराईरहेको होटेल व्यवसायी संघ कैलालीका महासचिव कलम वमको भनाई छ । खेलकुद क्षेत्रमा भईरहेको लगानीले खेलकुदको विकासमा त मदत्त मिली नै रहेको छ साथसाथै यसले सुदुरपश्चिमलाई सुन्दर बनाउने अभियानमा पनि टेवा पुगाएको यसक्षेत्रका अगुवाहरुको भनाई छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved