This is a test

खप्तड गोल्डकपमा १९ लाखको टिकट बिक्री

0

दीपक जोशी, धनगढी माघ ०३ गते ।

धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपमा पौने १९ लाखको टिकट बिक्री भएको छ । ११ दिनसम्म चलेको गोल्डकपमा १८ लाख ७० हजारको टिकट बिक्री भएको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ ।

बाक्लो हुस्सु र कुहिरोको चिसोका वावजुत पनि दर्शकहरुले प्रतियोगीतालाई राम्रो साथ दिएको आयोजकले जनाएको छ । अझ फाईनलका दिन प्याराफिटमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै वन्द गरेको थियो । दुई ओटा प्याराफिट भरिभराउ भएपछि मैदानको ट्रयाकमा वसेर पनि दर्शकहरुले खेल हेरेका थिए ।

११ दिनसम्म सञ्चालन भएको प्रतियोगितालाई झण्डै ५० हजार दर्शकहरुले अवलोकन गरेको प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिनुभयो । खेलमा १ सय र १ सय ५० मुल्य पर्ने टिकट बिक्री गरिएको थियो। फाईनलमा मात्रै ६ लाख २१ हजारको टिकट विक्री भएको टिकट व्यवस्थापन समितीका संयोजक धुव्र वरालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved