This is a test

खप्तड गोल्डकपको आय व्यव सार्वजनिक, झण्डै एक लाख वढी रकम घाटा

0

दोस्रो संस्करणको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको आय व्यव सार्वजनिक गरिएको छ । दोस्रो संस्करणवाट झण्डै एक लाख ६५ हजार वढी रकम घाटा भएको आयोजकले जनाएको छ । साढे ९१ लाख रकम खर्च भएकोमा एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले सार्वजनिक गरे ।

विभिन्न ३७ वटा शिर्षमा आम्दानी भएकोमा २१ वटा शिर्षकमा रकम खर्च भएको छ । मुख्य प्रायोजक सिजि गु्रप्रले सवैभन्दा वढी २० लाख रकम दिएकोमा १९ लाख टिकटवाट उठेको थियो । सहप्रायोजक नेपाल टेलीकम र जगदम्वा स्टिलले ४÷४ लाख रकम दिएकोमा विभिन्न व्यापारिक प्रतिष्ठान र संघ संस्थाहरुवाट पनि गोल्डकप आयोजना गर्नका लागि सहयोग भएको थियो ।

खर्च तर्फ सवैभन्दा वढी टीम व्यवस्थापन खर्चमा साढे ३३ लाख रकम खर्च भएको छ । त्यस्तै पुरस्कार खर्च २२ लाख भएको आयोजकले कार्यक्रममा जानकारी दिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved