This is a test

क्षेत्रीय सहरी विकास कार्यक्रमको ३५ प्रतिशत सर्वेको काम सम्पन्न

0

सीताराम ओझा, धनगढी मसिंर ०४ गते ।

एउटा उपमहानगरपालिका र तीन वटा नगरपालिकामा क्षेत्रीय सहरी विकास कार्यक्रमको ३५ प्रतिशत सर्वेको काम सम्पन्न भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा लागु भएको क्षेत्रीय सहकरी विकास आयोजनाको सर्वेको काम एक तिहाई सकिएको हो । केही स्थानमा विवाद रहेको र विवाद नभएको स्थानमा अवको १५ दिनमा सर्वेको काम सकिने परामर्शदाता कम्पनी विल्डीङ डिजायन अथुरेटी (विडीए) ले जनाएको छ ।

चार वटै नगरमा झण्डै एक सय किलोमिटर उच्च गुणस्तरको सडक निर्माण, ढल निकास, फोहरमैला व्यवस्थापन, फोहर पानी व्यवस्थापन तथा गोदावरी र शुक्लाफाटा नगरपालीकाको कार्यालय भवन निर्माण गरिने छ । सर्वेको काम सम्पन्न भएपछि योजनाको लागत स्टिमेट तयार पारेपछि अवको झण्डै एक वर्षपछि निर्माणको काम सुरुवात गर्न सकिने छ ।
यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सुन्न यसमा क्लिक गर्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved