क्याम्पस प्रशासन, संचालक समिती र विद्याार्थी संगठनहरुको आ–आफ्नै जिद्धी : दुई साताअघि लगाईएको ताला अझै खुलेन

0

लक्ष्मण गौतम, अत्तरिया २८ भाद्र ।

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा १२ दिन अगाडी गरिएको तालाबन्दी खुलाउने बिषयमा बुधवार बिहान भएको छलफल बिना निस्कर्ष टुंगिएको छ । नबनियुक्त क्याम्पस प्रमुख डम्बर बहादुर पालको आग्रहमा क्याम्पस ब्यबस्थापन समिती, क्याम्पस प्रशासन र बिद्यार्थी संगठनका प्रमुखहरुको छलफल बिना निष्कर्ष टुंगीएको हो । यसअघि हिजो साझा क्याम्पस खुलाउने बिषय छलफल भएपनि ठोस विषयमा कुरा नमिल्दा बुधवार बिहान छलफल गर्ने गरी बार्ता बिना निष्कर्ष टुंगीएको थियो ।

मंगलवार भएको छलफलमा बिद्यार्थी संगठनका अगुबाहरुले क्याम्पस ब्यबस्थापन समिती समक्ष १२ गते गरेको निर्णय फिर्ता लिन आग्रह गरेको भएपनि ब्यबस्थापन समितीले सो निर्णय कानुन र प्रकृया सम्मत भएको जनाएपछि सहमती भएन । आजको छलफलमा पनि बिद्यार्थी संगठनका अगुबाहरुले सोही विषयलारुई उठाएपछि छलफल विना निष्कर्ष टुंगीयो । तर क्याम्पस खुलाउने बिषयमा गहन छलफल भएको र क्याम्पसमा लगाईएको ताला खुलाउन फेरी पनि छलपल हुने सञ्चालम समितीका सदस्य आनन्द भट्टले जानकारी दिनुभयो ।

निर्वतमान क्याम्पस प्रंमुख गरिराज कडायतको कार्यकाल सकिए पछि क्याम्पस संचालक समितीले सहायक क्याम्पस प्रमुख डम्बर बहादुर पाललाई नयां क्याम्पस प्रमुख बनाएपछी बिद्यार्थी संगठनहरुले संचालक समितीले बरियताक्रमलाई तोडेर नयाँ क्याम्पस प्रमुख नियुक्ती गरेको भन्दै भाद्र १५ गतेदेखि क्याम्पस प्रमुख र प्रसासन कक्षमा तालाबन्दी गरेका हुन ।

भाद्र १२ गते बसेको संचालक समितिको बैठकले अपुर्ण गणपुरक संख्या नपुगेको १४ जना कमिटी सदस्यमा ८ जना मात्रै उपस्थिति रहेको र त्यसैमा पनि २ जनाको असहमतिमा बाकी ६ जना सदस्यले बल मिचाई ढंगले विधान विपरित प्रमुखको नियुक्ति गरिएको बिभिन्न बिद्यार्थि संगठनहरुले आरोप लगाउदै आएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved