This is a test

कोलेनिकाका कर्मचारीद्वारा पत्रकारमाथि दुब्र्यवहार

0

धनगढी, माघ ०३ गते ।

समाचार संकलनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीमा गएका नागरिक दैनिकका दुई जना पत्रकारहरुलाई निमित्त कार्यालय प्रमुख डम्मरसिंह ठगुन्ना र लेखापाल महादेव पन्तले दुब्र्यवहार गरेका छन । मंगलवार विहान सवा ११ बजेतिर पत्रकार दिलबहादुर छत्याल र पुष्पराज जोशी दुबै जना समाचार संकलनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय जानु भएको थियो ।

भुईतलामा कार्यालयका कक्षमा कोई नभेटिएपछि दुबै जना, कार्यालयको पहिलो तलामा गएका बेला उनीहरुमाथि दुब्र्यवहार भएको हो । तपाईलाई यस कार्यालयमा नसोधेर आउने ? कसलाई सोधेर आएको भन्दै दुब्र्यवहार गरेको पत्रकार दिलबहादुर छत्यालले जानकारी दिनुभयो ।

सवा ११ बजे कार्यालयमै खाना खाईरहेका ठगुन्नाले पत्रकारहरुमाथि दुब्र्यवहार गरेको घटना प्रेस स्वतन्त्रताको ठाडो उलंघन भएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमले बताउनुभयो । समाचार संकलनका लागि कुनै पनि कार्यालयमा पत्रकारले जान पाउने भएपनि यसरी गरिएको दुब्र्यवहारको उहाँले निन्दा गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीले पनि पत्रकार माथि दुब्र्यवहार गर्नेलाई कारवाहीको माग गर्नुभयो । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले कोष तथा लेखा नियन्त्रण कार्यालयले आफै बोलाएर जिल्लाभरीको हिसाब किताब दिनुपर्नेमा सूचना संकलन गर्न गएका पत्रकारलाई जनसरोकारको कार्यालय हैन भन्दै रोक लगाइनु निन्दनीय भएको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved