This is a test

कैलाश मानसरोवर जानका लागी दार्चुलामा २ सय ५२ जनाले बहुयात्रा अनुमति पत्र लिए

0

नरेन्द्र कार्की, दार्चुला ४ साउन ।

फाईल फोटो

दार्चुलाको बाटो कैलाश मानसरोवर जाने दर्शनार्थीहरु बढन थालेका छन । दार्चुलाको खलंगा हुँदै भारतीय मार्गको प्रयोग गरेर चिनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर जानका लागि दर्शनार्थीहरु बढन थालेका हुन ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार यसवर्ष जिल्ला र जिल्ला बाहिरका गरी २ सय ५२ जनाले बहुयात्रा अनुमति पत्र लिएका छन् । यहि साता कैलाश मानसरोवरको दर्शन गर्न भन्दै ललितपुरबाट २१ जनाको टोली सदरमुकाम खलंगा पुगेका छ । उनीहरुले अहिले नेपाल भारत चीन छिर्नको लागि बहुयात्रा अनुमति पत्र बनाइरहेका छन् ।

जिल्ला समन्वय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले बहुयात्रा अनुमति पत्र पास उपलब्ध गराउने गरेको छ । उक्त अनुमति पत्रमा धारचुलाको एसडिएम कार्यालयले स्वीकृत गरेपछि भारतीय मार्ग हूँदै तिब्बतसम्म जान अनुमति प्राप्त हुने गरेको छ ।

नेपालतिरको मार्ग भएरै जाने सोच बनाएर दार्चुला पुगेका आन्तरीक पर्यटकहरु सडक मार्ग नहुँदा निराश भएका छन् । बर्षौदेखि नाम चलेको दार्चुला तिंकर सडकले अहिले सम्म गति लिन नसक्दा धेरैको तिंकर सडक भएर मानसरोवर पुग्ने सपना अधुरै हुँदै आएको छ ।

नेपाल सरकारको प्राथमिकतामा रहेको दार्चुला तिंकर सडक निर्माण गति कछुवा गतिमा भइरहेको छ । कुल १ सय ४० किलोमिटरको सडकको, सात वर्षमा १८ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved