This is a test

कैलाली ५ मा रोचक त्रिपक्षीय प्रतिस्पर्धा, आर्जु, नारदमुनी र भण्डारी को भन्दा को कम ?

0

नवराज पनेरु, धनगढी मंसिर १७ गते ।

सात नम्बर प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको निर्वाचन क्षेत्र नम्वर ५ को चुनावी माहोल निर्वाचन नजिकीदै गर्दा झन झन तातेको छ । यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ । विगतमा लोकतान्त्रीक गठबन्धनबाट काग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आर्जु राणा देउवा र बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाबिच कडा प्रतिस्पर्धाको आकलन गरीएकोमा अहिले चुनावी माहोललाई विश्लेषण गरेर यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाको अट्कल लगाउन थालीएको छ ।

विवेकशिल साझाको तर्फबाट उम्मेदवार कैलाली उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारीको पक्षमा पनि राम्रो जनमत देखीएपछि आर्जु, नारदमुनी र भण्डारीको त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गर्न थालीएको हो । २०७० सालमा भएको संविधान सभामा निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डाक्टर आरजु राणा देउवा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएपछि यो क्षेत्र चर्चामा आउदै गरेको छ ।

काँग्रेसको पकड राम्रो मानिएको क्षेत्र नम्बर ५ रोज्नुभएकी डाक्टर राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताउदै आउनुभएको छ । उहाँले क्षेत्र नम्वर ५ का सबै सडक कालोपत्रे गर्ने, मदखाद्यको उद्योग खोल्ने, कृर्षी क्याम्पस खोल्ने लगायतका नाराहरु चुनावी प्रचारमा घन्काईरहनुभएको छ । तर प्रधानमन्त्री पन्ती राणाका लागी सबैभन्दा ठुलो चुनौतीको रुपमा भने आफ्नै पार्टी भित्रको किचलो देखीएको छ । २०७० को संविधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरासंगै यो क्षेत्रमा पनि जित हात पारेपछि यो क्षेत्रलाई छोड्नुभएको थियो ।

त्यसपछि भएको उप–निर्वाचनमा काग्रेसकै पुष्करनाथ ओझा विजयी हुनुभएको थियो । तर निर्माचन आउन ५ दिन बाँकी र मौन अवधीका लागी २ दिन मात्रै बाँकी रहेका बेला अहिले सम्म निवर्तमान सासंद पुष्करनाथ ओझा अहिले सम्म आर्जुको प्रचारमा देखीनुभएको छैन् । कैलाली ५ बाट टिकट नपाएर रुष्ट भएका ओझा लामो समय भारतमा बस्नुभयो भने नेपाल आउनेवित्तीकै कैलालीकै निर्वाचन क्षेत्र नम्वर २ मा प्रचारको लागी जानुभएको छ तर आफ्नो क्षेत्रका मतदाता माझ अहिले सम्म पुग्नुभएको छैन् ।

आफ्नै पार्टीका निवर्तमान सासंदले नै आर्जुलाई असहयोग गरेपछि आर्जु अग्नी परिक्षामा उत्तिर्ण हुन्छीन वा हुदैनीन त्यो चाँसोको विषय बनेको छ । आर्जुले चुनावी प्रचार प्रशारमा यस क्षेत्रका महिलाहरुको राम्रो साथ पाएकी छिन् । महिला एकता भए आर्जुलाई चुनावमा केहि सहज हुने देखीएको छ तर महिला एकता हुन सजिलो भने छैन् । आर्जुलाई विपक्षी उम्मेदवारहरुले अहिले सम्म पनि टुरीष्ट उम्मेदवारको आरोप लगाईरहेका बेला आर्जुले चुनावी सभा र घरदैलोमा आफु टुरीष्ट नभएको भन्दै स्पष्ट पार्नुपरीरहेको छ ।

७ नम्वर प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको यो क्षेत्र राजनीतिक रूपमा महत्व राख्ने क्षेत्र हो । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख सहित १२ वटा वडा कांग्रेस, ५ वटा माओवादी र २ वटा वडामा एमालले जितेको थियो । स्थानीय तहकै आधारमा काग्रेसले भोट पाउ छ की पाउदै भन्ने पनि प्रन खडा भएको छ भने स्थानीय तहको चुनावपछि धनगढी उप–महानगरपालिका क्षेत्रमा मात्रै झण्डै १० हजार मतदाता थपिएका छन् भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कैलाली गाँउपालिकाका २ वटा वडा ९ र ६ पनि थपिदा थप १० हजार मतदाता बढेका छन् । थपीएका झण्डै २० हजार मतमा कस्को बर्चश्व हुन्छ त्यसले पनि प्रभाव पार्ने देखीएको छ । कैलालीर गाँउपालीकामा राप्रपा र फोरमको पनि राम्रो उपस्थीती भएको मानीन्छ ।

यता बाम गठबन्धनका साझा उम्मेदवारी रहनुभएका नारदमुनि रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा सहित जित्ने दावी गरीरहनुभएको छ । राना थारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता रहेका छन् । धनगढी नगरपालीका हुँदा २०५४ सालको स्थानीय तह निर्वाचनमा उप मेयरमा विजयी हुनुभएका राना यस क्षेत्रका विभीन्न सामाजीक सस्थामा पनि कार्यरत छन् । २०६४ सालमा समानुपातिक कोटावाट सासंद बनेका थिए । रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरीरहनुभएको छ ।

धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नु प्रतिबद्धता सहित मतदाता माझ पुगीरहनुभएका रानालाई राना समुदायबाटै कत्तिको सहयोग हुन्छ त्यस्ले पनि चुनावी नतिजा हेरफेर हुने देखीएको छ । रानाथारु समुदायका मत रानाले प्रभावित गर्न सके नतिजा उनको पोल्टामा जान सक्ने स्थानीयको अनुमान छ । विभीन्न मुक्त कमैया शिविरमा रहेका थारु, राना, सकुमबासी लगायतमा आर्थिक प्रभावले पनि काम गर्ने भएकाले राना थारुका मत पाउन भने रानालाई सहज देखीन्न ।

स्थानीय तहको निर्वाचनमा धनगढीको मेयरमा एक जना मात्रै राना उम्मेदवार माओवादी केन्द्रका रामसमझ रानाले १० हजार बढि भोट पाएर तेश्रो हुनुभएको थियो । तर रामसमझ अहिले बाम गठबन्धनलाई छोडेर नेपाली काग्रेसमा प्रवेश गरीसक्नुभएको छ । रामसमझले नेपाली काग्रेस तर्फ कति मत तान्न सक्छन् त्यस्को पनि लेखाजोखा भइरहेको छ । कैलाली निर्वाचन क्षेत्र नम्वर ५ को निर्वाचनका तेश्रा खेलाडी हुन् विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवार कैलाली उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष दिनेशराज भण्डारी ।

यस क्षेत्रमा चर्चीत स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उहाँको छवि पनि राम्रो बनेको छ । स्थानीय तहको निर्वाचनमा धनगढी उप–महानगरपालीकाको मेयरमा स्वतन्त्र उम्मेदवार व्यवसायी गोपाल हमालले अहिले प्रदेश नम्वर ७ को विवेकशिल साझा पार्टी ह्याण्डील गरीरहनुभएको छ । स्थानीय तहको निर्वाचनमा ठुला दल एमाले र माओवादीलाई पछाडी पार्दै साढे १२ हजार मतका साथ दोश्रो हुनुभएका हमालको राम्रो छवीले पनि भण्डारीको पक्षमा पनि राम्रो जनमत देखीएको छ । पुराना दलहरु प्रति मतदाताहरुको निराशालाई समात्दै विवेकसिलले आफ्नो प्रचार अभियानलाई तिव्र पारेको छ ।

कैलाली निर्वाचन क्षेत्रमा डोटीबाट बसाई सरेकाहरुको पनि ठुलो मतदाता भएकाले डोटीबाटै बसाई सर्नुभएका भण्डारीलाई फाईदा हुने देखीएको छ । चुनावको विचमा अहिले यो क्षेत्रमा थ्रिी डिको नारा पनि लागेको छ । थ्रिी डि भन्नाले डोटीबाट बसाई सरेकाहरुले डोटीकै प्रतिनीधीत्व गर्ने प्रतिनीधी सभाका उम्मेदवार दिनेशराज भण्डारी र प्रदेशमा काग्रेसका डिल्लीराज पन्तलाई जिताउने भनेर नारा पनि लागेको छ । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्नुहुन्छ ।

साथै उद्योग वाणीज्य संघमा भएका बेला धनगढी विमानस्थल, धनगढी–दिपायल फास्ट ट्रयाक लगायतका ठुला योजनाको लागी आफुले गरेको संघर्षपनि जनताले मुल्याङकन गर्ने भण्डारीको दावी छ । २०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेसका नेता टेकबहादुर चोखालले यो क्षेत्र जित्नुभएको थियो भने २०५२ सालमा एमालेका नेता महेश्वर पाठकले चुनाव जित्नुभयो, । त्यसपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावमामा साबिकको कैलाली ६ अर्थात अहिलेको कैलाली ५ का मतदाताले फरक परिणाम दिए । तत्कालीन नेकपा माओवादी उम्मेदवार लिला भण्डारीले चुनाव जित्नुभयो ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै दोब्बर मत अन्तरले विजयी हुनुभयो । पछिल्ला केही चुनावलाई आधार मान्ने हो भने यो क्षेत्र कांग्रेसको पकडको क्षेत्र मान्न सकिन्छ तर इतिहास पल्टाउँदा यो क्षेत्रलाई कसैका लागि पनि बलियो मान्न सकिने अवस्था छैन । तरपनि आर्जु, नारदमुनी र भण्डारी को भन्दा को कम ? भन्दै चुनाव प्रचारमा छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved