This is a test

कैलाली ३ : दुई थारु पुर्व मन्त्री बीचको रोचक प्रतिष्पर्धा

0

शिबराज भट्ट, धनगढी १८ मंसिर

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ थारु बाहुल्य क्षेत्र हो । त्यहाँ पहाडि समुदाय भन्दा बढी थारु समुदायका मतदाता रहेका छन । त्यही क्षेत्रमा यसपाली थारु समदायकै दुई मन्त्रीबीच रोचक चुनावी प्रतिष्पर्धा भईरहेको छ । क्षेत्र नम्बर ३ मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व कृषि मन्त्री गौरीशंकर चौधरी चुनावी प्रतिष्पर्धामा छन भने लोकतान्त्रीक गठबन्धनको तर्फबाट अहिले सम्मका अनवरत अविजित खेलाडी रामजनम चौधरी चुनावी मैदानमा छन । ‘एउटै समुदायका दुई मन्त्रीबीचको प्रतिष्पर्धा रोचक देखिएको छ’ क्षेत्र नम्बर ४ को घोडाघोडी नगरपालिकाका अम्बादत्त पाण्डेले भने ।
रामजनम चौधरी २०६४ सालमा काँग्रेसले टिकट नदिएको भन्दै रामजनम विय गच्छदारको पार्टीमा गएर समानुपातिक सभाषद बनेका थिए । पुराना काँग्रेसी राजमजनम यसपाली काँग्रेसमै फर्किएका हुन । नेपाली काँग्रेसमा रहेका बेला पनि रामजनम चौधरी त्यो क्षेत्रको हिरो हुन । उनले २०४८ को आम निर्वाचन, २०५१ सालको मध्यावधी र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट अनवरत जिते ।

२०६४ सालको संविधान सभा निर्वाचनमा प्रत्यक्ष चुनाव नलडेपनि रामजनम समानुपातिकमा सभाषद चुनिए । झन २०७० सालको निर्वाचनमा उनले, काँग्रेसका आफ्नै सहयात्री नारायणदत्त मीश्रलाई नै ११ सय मतअन्तरले पराजित गर्दै सभासद जिते । ‘मैले क्षेत्र नम्बर ३ का लागि धेरै काम गरेको छु, त्यहाँको हिडन नसक्ने बाटोमा ग्राभेल गरेको छु, केही सडकहरु अहिले कालोपत्रेको योजनामा परेका छन’ उनले भने ।
यता बाम गठबन्धनका उमेदवार गौरीशंकर चौधरी तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर हुन । २०७० सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट लेखराज भट्टसहित सुदूरपश्चिममा कोई पनि नजितेका बेला गौरीशंकर चौधरीले मात्रै साविकको ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए । ‘सुदूरपश्चिममा एक सीट पनि माओवादीले नजितेका बेला कैलालीबाट एक्लो जितेको ब्यक्ति हु, यसपाली त झन बाम गठबन्धन भएकोछ’ मेरो जित निश्चित छ’ उनले भने ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा घोडाघोडी नगरपालिका पुरै, भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७, र ९ तथा कैलारी गाउँपालिकाका १, २, ३, ४, ५, ७ र ८ परेका छन ।  ३ नम्बर क्षेत्रमा ४७ हजार ८९२ जना मतदाता रहेका छन । त्यस क्षेत्रमा ५५ देखि ६० प्रतिसत मतदाता थारु रहेको थारु नेताहरुकै दाबी छ । ‘रामजनमले थरुहट आन्दोलनपछि चटक्क आन्दोलन छोडेकाले पनि उहाँको मतदातामाझ त्यत्ती राम्रो हुन सकेको छैन’ गौरीशंकर थारुको आरोप छ ।
टीकापुर घटनाका २५ जना जेलमा छन । उनकै पार्टीका केन्द्रिय सदस्य लक्ष्मण थारु पनि कैलाली कारागारमा छन । फोरम लोकतान्त्रीक काँग्रेसमा विलय भएपनि लक्ष्मण थारु राजपामा गएका छन । यसले पनि रामजनम चौधरी प्रति थारुको ‘सेन्टमेन्ट’ कम हुन्छकी भन्ने आँकलन पनि गरिन थालिएको छ । तर रामजनम भने थरुहट आन्दोलनमा आफ्नो पुर्ण सहभागिता रहेको र सरकारमा गएका बेला हरसम्भव प्रयास गरेको दाबी गर्छन । ‘सरकारमा गएका बेला पनि हामीले जेलमा भएकाहरुलाई छुटाउन धेरै प्रयास ग¥यौं, अनी टीकापुर घटनामा क्षतीपुर्ती दिलाउन सफल भयौं’ रामजनमको तर्क छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्थानीय निकायको मत परिणाम हेर्ने हो भने बाम गठबन्धन झण्डै साढे पाँच हजार मतले अगाडि छ । ‘हामी संगठनकै भोटमा साढे पाँच हजारले अगाडि छौं, त्यो पनि जित्ने आधार हो’ गौरीशंकर चौधरीले भने । उनले आफुले कृषिमन्त्री भएपछि किसानका लागि धेरै काम गरेकाले आफुले मत पाउने बताए ।
गौरीशंकरले रामजनमलाई पर्यटक उमेदवार भनेर प्रचार गरिरहेका छन । उनको घर जोशीपुर गाउँपालिकामा हो । जोशीपुर गाउँपालीकामा यसपाली काँग्रेसले जितेको छ । ‘रामजनमको आधार ईलाका जोशीपुर नै निर्वाचन क्षेत्र नम्बर ३ मा नपरेकाले पनि मैले जित्छु’ गौरीशंकर चौधरीले भने ।

कैलालीको ३ नम्बर क्षेत्रबाट बाम गठबबन्धनले प्रदेश सभा सदस्य का लागि १ बाट एमालेका पुरन प्रसाद चौधरी र प्रदेश सभा २ बाट माओवादीका पोलिटब्युरो सदस्य विरमान चौधरीलाई उमेदवार बनाएको छ । यस्तै लोकतान्त्रीक गठबन्धनले प्रदेश सभा १ बाट अमर बहादुर साउद र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बा लक्ष्मण शाहीलाई उमेदवार बनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved