This is a test

कैलाली वहुमुखी क्याम्पसको परिक्षा हल निर्माणका लागी विनीयोजीत १७ लाख बजेट फ्रिज

0

नवराज पनेरु, धनगढी मंसिर ०६ गते ।

साँसद पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र पुर्वाधार बिशेष कार्यक्रम अन्तरगत कैलाली वहुमुखी क्याम्पसको परिक्षा हल निर्माणका लागी विनीयोजीत १७ लाख बजेट फ्रिज गएको छ । साविकको कैलाली निर्वाचन क्षेत्र नम्वर ६ का सासंद पुष्करनाथ ओझाले निर्वाचन क्षेत्र बिशेष कार्यक्रम अन्तरगत विनीयोजीत गर्नुभएको ५० लाख बजेट मध्ये १७ लाख खर्च हुन नसकेर फ्रिज गएको हो ।

परिक्षा हल निर्माणका लागी ३३ लाख खर्च भएको छ भने काम आधा पनि भएको छैन् । सासंद ओझाले परिक्षा हलको डिजायन तयार पार्नमा निकै लापरवाही गरेकाले सबै रकम खर्च हुन नसकेको जिल्ला प्रावीधीक कार्यालय कैलालीले जनाएको छ ।

सासंद ओझाले प्रावीधीक कार्यालयलाई परिक्षा हलको नक्सा तयार पार्नका लागी आफैसंग ईन्जीनियर भएको बताउनुभएको थियो । तर सासंद ओझाबाट परिक्षा हलको नक्सा तयार भएर आर्थीक बर्षको अन्त्यतिर मात्रै प्राप्त भएकाले पुरै रकम खर्च गर्न नसकीएको जिल्ला प्रावीधीक कार्यालय कैलालीका प्रमुख मनिष अर्यालले जानकारी दिनुभयो ।

परिक्षा हल निर्माणका लागी धनगढीकी लता अवस्थीको अध्यक्षतामा उपभोक्ता समिती गठन गरीएको थियो भने समितीले निर्माण व्यवसायी प्रकाश रानालाई निर्माणको जिम्मा दिएको थियो । परिक्षा हल निर्माणका लागी डेढ करोडको डिजायन स्टमेट तयार पारीएको छ भने सासंद ओझाले ३ बर्ष सम्म ५० लाखका दरले बजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

तर पहिलो बर्षकै बजेट खर्च नभएर फ्रिज गएपछि परिक्षा हलको निर्माण आधा पनि सम्पन्न भएको छैन् । निर्वाचन क्षेत्र विशेष कार्यक्रमको रकम आर्थीक बर्ष सकिनैलाग्दा हतार गरी विकास निर्माणमा खर्च गर्दा दीगो र टिकाउ निर्माण कार्य नहुने र झारा टार्ने काम मात्रै हुने गिरेको भन्दै विरोध हुदै आएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved