कैलाली वहुमुखी क्याम्पसको स्ववीयु चुनाव जेठ १० भित्रै गर्न माग

0

धनगढी ०४ जेठ ।

नेपाल विद्यार्थी संघले कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू चुनाव जेठ १० गतेभित्र गर्नुपर्ने माग गरेको छ । विद्यार्थीहरुले क्याम्पसमा स्ववियू चुनाव गराई पाउ“ भनी चैत २४ गते रिट दायर गरेपछि वैशाख २४ गते उच्च अदालत दिपायलले विद्यार्थीको पक्षमा निर्णय गरेको थियो ।

अदालतले असारभित्र क्याम्पसको चुनाव गर्न आदेश दिएपनि नेपाल विद्यार्थी संघले भने यहि जेठ १० गतेभित्र गर्नुपर्ने माग गरेको छ । नेवि संघबाट कैलाली वहुमुखी क्याम्पसमा स्ववियू सभापतिका उम्मेदवार गुरुदेव केसी सुमनले वैशाख १० गतेभित्र स्ववियू चुनाव नभए असार भित्रै चुनाव गर्न सम्भव नभएको बताउनुभयो ।

प्रहरी, प्रशासनको छलफलमा पनि जेठ १० गतेभित्रै चुनावका लागी सुझाव आएकाले कैलाली वहुमुखी क्याम्पसले तत्कालन चुनावको मिती तोकेर चुनावी माहोल बनाउनुपर्ने उहाँले बताउनुभयो ।

असार १६ गतेसम्म क्याम्पसमा पनि विदा भएको र जेठ ३१ गते स्थानीय तहको चुनाव पनि भएकाले जेठ १० गते भित्रै चुनाव गर्न नेवी संघले क्याम्पस प्रशासन र निर्वाचन कार्यालयलाई आग्रह गरेको छ । क्याम्पसमा फागुन २२ गते नै स्ववियू चुनाव गर्ने भनेपनि विभिन्न विद्यार्थी संगठनको विरोधका कारण हुन सकेको थिएन् । क्याम्पसमा स्ववियू चुनावको सबै प्रक्रिया पुरा भईसकेको छ भने मतदान मात्रै हुन बाँकी छ ।

Share.

Leave A Reply