This is a test

कैलाली भन्सारले उठायो लक्ष्य भन्दा २ करोड बढी राजश्व

0

दीपक जोशी, धनगढी माघ १५ गते ।

कैलाली भन्सार कार्यालयले चालू आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा करिब २ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । छ महिनामा १ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ राजश्व सङ्कलन गर्न लक्ष्य दिइएकोमा कैलाली भन्सार कार्यालय १ अर्ब ८० करोड १४ लाख रुपैयाँ सङ्कलन गर्न सफल भएको हो ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकृत नारायण जोशी कैलाली भन्सार कार्यालयबाट हुने आयातमा वृद्धि हुँदा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सकिएको बतायनुभयो । जोशीले अन्तस शुल्क लाग्ने सामाग्रीहरुको आयातमा गिरावट आउँदा अन्तस् शुल्क अपेक्षा भन्दा निकै कम संकलन भएको जानकारी दिनुभयो । ६ महिनामा अन्त शुल्कको लक्ष्य २४ करोड ४१ लाख २६ हजार रुपैयाँ दिईएकोमा ५ करोड ६८ लाख ८३ हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ । अन्त शुल्क लक्ष्य भन्दा न्यून सङ्कलन हुँदा भन्सार महसुल र मूल्य अभिबृद्धि कर भने लक्ष्य भन्दा बढी संकलन भएको छ ।

भन्सार महसुलको लक्ष्य ८३ करोड ३४ लाख ८० हजार रुपैयाँ हुँदा ६ महिनामा ९२ करोड ३० लाख ३८ हजार रुपैयाँ संकलन भएको हो । यस्तै ७० करोड ७१ लाख ७० हजार रुपैयाँ लक्ष्य दिइएको मूल्य अभिबृद्धि कर ८२ करोड १५ लाख १३ हजार रुपैयाँ संकलन भएको छ । चालु आर्थिक बर्षमा कैलाली भन्सार कार्यालयलाई ३ अर्ब ८७ करोड ९९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको छ । ६ महिनाका लक्ष्यको ४६.४२ प्रतिशत राजश्व संकलन भई सकेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved