This is a test

कैलाली कुष्ठ रोगको उच्च जोखिममा

0

दीपक जोशी, धनगढी माघ १४ गते ।

मुलुकभरमै कैलाली कुष्ठ रोगका लागि उच्च जोखिममा रहेको तथ्याङक सार्वजनिक गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार कुष्ठ रोगको उच्च जोखिममा रहेका मुलुकका १६ जिल्लाको सुचीमा कैलाली पनि परेको हो । प्रदेश नम्बर ७ मा कैलालीपछि तराईको कञ्चनपुर र पहाडको अछाम जिल्लामा कुष्ठ रोगका बिरामीहरु बढी देखिएका छन ।

आर्थिक बर्ष ०७३÷०७४ को तथ्याक हेर्ने हो भने कैलालीपछि कञ्चनपुर र पहाडी जिल्ला अछाममा कुष्ठरोगको संक्रमणदर उच्च रहेको छ । ९ जिल्लामा जम्मा १ सय ९८ जना बिरामी रहेकोमा कैलालीम मात्रै १ सय ६ जना रहेको क्षेत्रिय स्वासथ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक मनोज ओझाले बताउनुभयो । कैलालीमा तीब्र बसाईसराई, घनावस्ती र खुल्ला सीमानाले गर्दा कुष्ठ रोगको संक्रमण दर बढी देखिएको स्वासथ्यकर्मील बताएका छन ।

तर तराईका जिल्लामा कृष्ठ रोग सार्ने जिवाणुका लागि सुहाउदो हावापानी हुनु अर्काे काराण रहेको लामो समयदेखी कृष्ठ रोग निवारणमा लागिरहनुभएका कुष्ठ रोग विशेषज्ञ डा केपी ढकालले बताउनुभयो । संक्रमणदर उच्च रहेको कैलालीमा कुष्ठ रोगीको संख्या भने हरेक बर्ष घट्ने र बढ्ने क्रम रहेको तथ्याकंले देखाएको छ ।

कैलालीका ७ वटा स्थानीयतह कुष्ठ रोगका लागि उच्च जोखिममा रहेका छन । धनगढी लम्की–चुहा, भजनी, गौरीगंगा, टीकापुर, जोशीपुर र जानकीगाउपालिकामा कृष्ठरोगको संक्रमण बढी रहेकोले निवारणका लागि अभियान चलाईने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षयकुष्ठरोग सुपरीभाईजर दिपेन्द्र जोशीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved