This is a test

कैलालीमा ६५ प्रतिशत मतदान

0

नवराज पनेरु, कैलाली मंसिर २१

कैलाली जिल्लामा ६५ प्रतिशत मतदान भएको छ । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा स्थानीय हतको चुनावको भन्दा झण्डै ७ प्रतिशत कम ६५ प्रतिशत मतदान भएको हो । क्षेत्रीय निर्वाचन कार्यालयले सबै निर्वाचन क्षेत्रबाट यकिन तथ्याङक आउन बाँकी रहेकाले २, ३ प्रतिशत तलमाथी हुन सक्ने जनाएको छ । विहान हुस्सु र चिसोका कारण मतदाता कमै मतदानमा सहभागी भएमा दिउसोदेखी मौसममा सुधार आएकाले मतदाताको भिड बढेको थियो ।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्वर १, ३ र ५ को आज राती देखी नै मतगणना सुरु हुने सम्भावना रहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द रिजालले १, ३ र ५ निर्वाचन क्षेत्रका सबै मतदान स्थलबाट राती नै मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा पुगाउन सकिने भएकाले मत गणना पनि आजै सुरु हुने सम्भावना रहेको बताउनुभयो ।

तर त्यसमा सबै दलहरुको सहमती भने आवश्यक रहेको बताउनुभयो । कैलाली निर्वाचन क्षेत्र नम्वर २ र ४ मा भने पहाडी क्षेत्र पनि पर्ने भएकाले मतपेटीका ल्याउन ढिलाई हुने र भेली दिउसोबाट मात्रै गणना सुरु गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । कैलालीका ५ वटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदमुकाम धनगढीमा राखीएको छ ।

जिल्लामा २ सय ३१ मतदान स्थलका ५ सय ३८ मतदान केन्द्र तोकीएको थिए ।  जिल्लामा ४ लाख ६० हजार मतदाता रहेका छन् भने प्रतिनीधी सभामा ६ महिला सहित ४३ र प्रदेश सभामा पनि ६ महिला सहित ७८ जना उम्मेदवार रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved