This is a test

कैलालीमा ४० प्रतिसत थारु नेता निर्वाचीत

0

दीपक जोशी, धनगढी ।

कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिसत थारु नेता निर्वाचीत भएका छन । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबाट ४० प्रतिसत  थारु नेता निर्वाचीत भएका हुन । एमालेबाट दुई, माओवादी केन्द्रबाट दुई र राजपाबाट २ जना थारु उमेद्वार बिजयी भएका हुन । नेपाली कांग्रेसले पनि अधिकांस स्थानमा थारु नेता उठाएको भएपनि उसले आफ्ना उमेद्वारहरुलाई जिताउन सकेन । कैलालीमा प्रदेश र प्रतिनिधि सभाका १५ सिट मध्ये ६ सिटमा थारु नेताहरु निर्वाचीत भएका हुन । प्रतिनिधि सभाका ५ सिट मध्ये ३ सिटमा थारु नेताहरुले कब्जा जमाएका छन ।

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगर रहेको धनगढी अर्थात क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनी राना, क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका गौरीशंकर चौधरी र क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी नेपालका रेशमलाल चौधरी प्रतिनिधि सभामा बिजयी भएका हुन । उनिहरु मध्ये क्षेत्र नम्बर ३ मा बिजयी गौरीशंकर चौधरीले मात्रै थारु समुदायकै नेता रामजनम चौधरीसंग प्रतिस्पर्धा गरेका थिए । रेशम चौधरी र नारदमुनी रानाले गैरथारु अर्थात पहाडीया समुदायका नेतासंग प्रतिस्पर्धा गरेका थिए ।

प्रदेश सभामा पनि ३ जना थारु नेता बिजयी भएका छन । क्षेत्र नम्बर ५ को क बाट एमालेका नेपालु चौधरी बिजयी भएका छन उनले कांग्रेसका जीवन रानासंग प्रतिस्पर्धा गरेका थिए । क्षेत्र नम्बर ३ को क बाट बिजयी माओवादी केन्द्रका बिरमान चौधरीले कांग्रेसका पुरन चौधरीलाई हराएका हुन ।

क्षेत्र नम्बर १ को क मा राजपाका कृष्ण चौधरी निर्वाचीत भएका छन । उनले कांग्रेसका जनक चौधरी र एमालेका लालबिर चौधरीलाई हराएका हुन । थारु समुदायको बाक्लो उपस्थीती रहेको कैलालीमा ४० प्रतिसत थारु नेता निर्वाचीत भएपछि आफुहरुका मुद्धा संबोधन हुनेमा थारु समुदाय आशावादी छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved