This is a test

कैलालीमा साढे १० बजे सम्म २० प्रतिशत मतदान

0

नवराज पनेरु, धनगढी मंसिर २१ गते ।

कैलाली जिल्लामा साढे १० बजे सम्म २० प्रतिशत मतदान भएको छ । क्षेत्रीय निर्वाचन कार्यलय धनगढीका अनुसार जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा २० प्रतिशत मतदान भएको हो । क्षेत्रीय निर्वाचन अधिकारी मोहन अर्यालले विहान हुस्सु र चिसोका कारण मतदाता कमै मतदानमा सहभागी भएको बताउदै अहिले मौसममा सुधार आईरहेकाले मतदाताको भिड बढिरहेको बताउनुभयो ।

जिल्लामा २ सय ३१ मतदान स्थलका ५ सय ३८ मतदान केन्द्र तोकीएको छन् । जिल्लामा ४ लाख ६० हजार मतदाता रहेका छन् भने प्रतिनीधी सभामा ६ महिला सहित ४३ र प्रदेश सभामा पनि ६ महिला सहित ७८ जना उम्मेदवार रहेका छन् ।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्वर ५ का उम्मेदवार नारमुनी राना र दिनेशराज भण्डारीले मतदान गर्नुभएको छ भने आर्जु राणा देउवाले भने डडेल्धुरा नामावली भएका कारण आफैलाई भोट हाल्न पाउनुभएन । यस्तै धनगढी र गौरीगंगा नगरपालीकामा बम फेला परेपछि सुरक्षा व्यवस्था पनि मजवुत पारीएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द रिजालले बताउनुभयो । उहाँले जिल्लाभरी झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरीएको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved