This is a test

कैलालीमा शान्तिपूर्ण रुपमा मतदान हुदै

0

धनगढी, मंसिर २१ गते ।

कैलालीमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ को कैलालीमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा बसेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोविन्द रिजालले पनि मतदाताको सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउनुभयो । सुरक्षाका लागि चुस्त ब्यवस्था गरिएको बताउदै उहाले मतदाता लाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved