This is a test

कैलालीमा शान्तिपुर्ण निर्वाचन वातावरणका लागि सुरक्षा व्यवस्था मजबुद

0

दीपक जोशी, धनगढी मंसिर १७ गते ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षीत गरी बिभिन्न स्थानमा हिंसात्मक घटना बढिरहेका बेला कैलालीमा सुरक्षा व्यवस्था थप मजबुद पारिएको सुरक्षा अधिकारीहरुले बताएका छन । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान बिभाग र शसस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । जिल्लामा आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा परिचालन गरिएको हो । जिल्लाका सबै मतदान केन्द्र र बुथहरुको सुरक्षामा नेपाली सेना परिचालन भएको छ । कैलालीमा मंसिर ७ गतेदेखी नै सुरक्षाका लागि सेना परिचालन भईसकेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved