कैलालीमा व्यवसायिक रुपमा गाई र भैसीपालनमा कृषकहरुको आकर्षण वढ्दो

0

नवराज पनेरु, धनगढी २१ साउन ।

कैलाली जिल्लामा पछिल्ला केही वर्षयता पशुपालन तर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । व्यवसायीक रुपमा धेरै सफल भएका उदाहरण कमै भएपनि पशुपालन भित्र पनि गाई र भैसी व्यवसायीक रुपमा पाल्ने कृषकहरुको तथ्याङक भने कम छैन् । बजार क्षेत्रमा छाडा रुपमा छाडीएका गाई, बाच्छीले सबैको निन्द्रा खराव गरेका बेला तिनै गाईहरु व्यवासीयक रुपमा पालेर कृषकहरु भने मनग्य आम्दानी गरीरहेका छन् ।

झण्डै ६ बर्ष अगाडी २०६८ सालमा एउटा गाई पालेर व्यवसायीक रुपमा गाईपालनमा लाग्नुभएका कैलालीको टिकापुर नगरपालीकाका चक्र बटला अहिले गाईपालनलाई नै पेशा बनाएर लाग्नुभएको छ । स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेशीने युवाहरुको लाम देखेर दिक्क भईसक्नु भएका बटलाले ६ बर्ष अगाडी एउटा गाई पाल्दा दैनीक १० लिटर दुध विक्री गर्दै ढुक्कसंग घर खर्च चलाउन थाल्नुभयो ।

आफ्नै जग्गामा घास समेत लगाउनु भएका बटलाले अहिले २३ वटा गाई र भैसी पाल्दै आउनुभएको छ । मासीक रुपमा एक लाखको दुध विक्री भईरहँदा बटलाले परिवारका अन्य सदस्यलाई पनि गाईपालमा सरीक गराईसक्नुभएको छ । कैलालीको गोदावरी नगरपालीकाका स्थानीय बासीन्दा मिनराज जोशीले वडा नम्वर २ मा रहेको दुर्गा लक्ष्मी वहुमुखी क्याम्पसको जग्गा भाडामा लिएर गाई र भैसी पालनमा लागेको २ बर्ष मात्रै भएको छ ।

२ बर्ष अगाडी सुदुरपश्चिम कृर्षी तथा पशु विकास फर्म दर्ता गरेर गाई र भैसी पालमा होमीनुभएका जोशी अहिले कैलाली जिल्लामा सफल पशुपालक कृषकको सुचिमा पर्नुहुन्छ । २० वटा गाई र भैसी पालीरहनुभएका जोशीलाई घरखर्च चलाउन कुनै समस्या छैन् । टिकापुरका किसान गणेश वहादुर कठायत, टिकापुर बहुमुखी क्याम्पसको ११ विहाग जग्गा भाडामा लिएर व्यवसायीक गाईपालन गरीरहनुभएको छ । २०४६ सालदेखी राजनीतीमा लाग्नुभएका कठायत राजनीतीबाट हरेश खादै गाईपालमा सक्रिय हुनुभएको हो ।

७ वटा जर्सी गाई पालीरहनुभएका कठायतलाई अहिले न त कसै नेताहरु को चाकरी गर्नुपरेको छ न त कार्यकर्ताहरुको साथ र सहयोग चाहीएको छ । अव उहाँले आफ्ना छोरा छोरीको भविष्य पनि गाईपालनमै देख्न थाल्नुभएको छ । सरकारले अनुदान दिनु, सहज बजार, रोजगारका अन्य अवसर नपाउनु जस्ता कारणले गाई र भैसी पालनमा युवाहरुको आकर्षण बढेको छ । तर अनुदानका कार्यक्रमहरु पनि वास्तवीक किसानहरु सम्म पुग्न नसकेकोमा किसानहरुलाई व्यवसायिक हुनवाट कठिनाई भईरहेको छ ।

कैलाली जिल्लामा मात्रै १ सय ११ वटा गाई र भैसी फर्महरु दर्ता भएका छन् भने भदौदेखी फागुनसम्म दुध निर्यात पनि हुने गरेको छ । माग अनुसारको दुग्धजन्य पदार्थ उत्पादन हुन नसकेपनि मागको धेरै हिस्सा अहिले कैलालीका किसानहरुको उत्पादनले धानिरहेको छ । कैलालीमै निजि र सरकारी स्वामित्व भएका डेरी उद्योगहरु सञ्चालन भएकोले गाई तथा भैसीपालन व्यवसायको भविष्य अझ राम्रो देखिएको पशु प्राविधीक पुष्प भारतीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved