This is a test

कैलालीमा विकास बजेट न्युन, ठुला आयोजनाको प्रगती पनि निराशाजनक

0

नवराज पनेरु, धनगढी माघ २५ गते ।

सरकारले चालु आर्थीक बर्ष २०७४÷०७५ को बजेट ल्याएको साढे ८ महिना र आर्थीक बर्ष सुरु भएको सात महिना वितीसक्दा समेत कैलालीमा विकास बजेट खर्चको अवस्था भने नाजुक देखीएको छ । गत आर्थीक बर्षको जेठ १५ मै बजेट ल्याएको सरकारले अख्तीयारी पनि समयमै दिएको थियो । तर कैलाली जिल्लामा अहिले सम्म ३२ प्रतिशत विकास बजेट माात्रै खर्च भएको छ ।

मंसिर मसान्त सम्म १८ प्रतिशत विकास बजेट खर्च गरेका कैलालीका विकासे अड्डाहरुले पछिल्लो झण्डै २ महिनामा १४ प्रतिशत बजेटट खर्च गरेका छन् । राष्ट्रीय गौरवका आयोजनाहरु हुलाकी र राजीजमरा बाहेक अन्य ठुला आयोजनाहरुको प्रगती पनि निकै निराशाजनक देखीएको छ । ५ अर्व ६९ करोड ३८ लाख विकास बजेट खर्चको अख्तीयारी पाएका कैलाली जिल्लाका विकासे अड्डाहरुले आर्थीक बर्षको सात महिना वितीसक्दा समेत एक तिहाई बजेट पनि खर्च गर्न नसकेका हुन् ।

माघ महिना वित्नै लाग्दा समेत जिल्लामा १ अर्व ८३ करोड अर्थात कुल विकास बजेटको ३२ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रणक मदनराज पाण्डेयले बताउनुभयो । कैलालीमा राष्ट्रीय गौरवका दुई वटा आयोजनाहरु हुुलाकी र रानीजमरा सिचाई आयोजनाको प्रगती विगत जस्तै यसपाली राम्रो देखीएको छ तर मंसिर मसान्तपछि दुवै योजनाको प्रगती पनि लगभग रोकीएको छ ।

१ अर्व ९२ करोड अख्तीयारी पाएको रानीजमरा सिचाई आयोजनाले पनि झण्डै ३८ प्रतिशत अर्थात ७४ करोड खर्च गरेको छ । तर अर्को राष्ट्रीय गौरवको हुलाकी राजमार्ग आयोजनाको भने मंसिर मसान्तदेखी काम नै रोकीएको देखीएको छ । अख्तीयारी आएको १७ करोड ७१ लख खर्च भएपछि आयोजनाले थप ७० करोड माग गरेको छ तर अहिले सम्म बजेटको अख्तीयारी भने नपाएको कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका प्रमुख मनिष कुमार शाहले बताउनुभयो ।

मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाले ५१ करोडको अख्तीयारी पाएकोमा अहिले सम्म १८ प्रतिशत अर्थात ९ करोड खर्च गरेको छ । धनगढी–दिपायल फास्ट ट्रायक योजनाले १५ करोडको अख्तीयारी पाएकोमा ३३ प्रतिशत अर्थात ५ करोड खर्च गरेको छ । क्षेत्रीय सहरी विकास आयोजनाको लागी २१ करोडडको अख्तीयारी आएकोमा अहिले कुनैपनि रकम निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रणक मदनराज पाण्डेयले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढि विकासे योजना हेरीरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीको प्रगती पनि निराशाजनक छ । आर्थीक बर्षको ७ महिना र बजेट आएको साढे ८ महिना वितीसक्दा समेत सहरी विकासले अख्तीयारी पाएको १ अर्व ४५ करोड ३४ लाख मध्ये त्यसको २३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

काम भइरहेको र भुक्तानी पछि लिने गरेका कारण प्रगति कम देखिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताउनुभयो । सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्था अनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थाले पनि त्यसबाट खासै अन्तर देखिएको छैन । आर्थीक बर्षको ७ महिना वितीसक्दा समेत विकासे अड्डाहरुले कतिपय योजनाको ठेक्का आह्वान समेत गर्न सकेका छैनन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved