कैलालीमा विकास बजेट अझै ४० प्रतिशत खर्च हुन बाँकी, राष्ट्रीय गौरवका आयोजनाको खर्च भने उत्साहजनक

0

नवराज पनेरु, धनगढी ०४ जेठ ।

सरकारले बिकास निमार्णको कार्य समयमै सम्पन्न गर्न डेढ महिना अगाडी बजेट ल्याए पनि, कैलालीमा विकास बजेट खर्चको अवस्था विगत भन्दा खासै फरक देखिएको छैन । चालु आर्थिक वर्षको १० महिना र बजेट ल्याएको समय जोड्दा साढे ११ महिनाको समय वितीसकेपछि कैलालीमा ६० प्रतिसत मात्रै पूँजिगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ ।

गत आर्थीक बर्षको यहि अवधीमा ४५ प्रतिशत विकास बजेट खर्च भएको कैलालीमा बजेट पनि यो आर्थीक बर्षको भन्दा झण्डै डेढ महिना पछि ल्याईएको थियो । गत आर्थीक बर्षमा बजेट ल्याईएको साढे ११ महिनाको अवधीमा ७० प्रतिशत भन्दा बढि बजेट खर्च भएकोमा यसपाली साढे ११ महिनामा ६० प्रतिशत मात्रै बजेट खर्च भएको हो । राष्ट्रीय गौरवका आयोजनाहरु रानी जमरा कुलरिया सिचाइँ आयोजना र हुलाकी राजमार्ग आयोजनाको खर्च भने यसपाली पनि उत्साहजनक देखीएको छ ।

कैलाली जिल्लाको लागी चालु आर्थीक बर्षमा पुजीगत अर्थात विकास बजेट ५ अर्व २ करोड ४८ लाख विनीयोजन भएको थियो । अहिले सम्म त्यसको ६० प्रतिशत अर्थात २ अर्व ९८ करोड ३३ लाख विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रण शिव प्रशाद चौधरीले बताउनुभयो । अघिल्लो आर्थीक बर्ष बैशाख मसान्त सम्मको विकास खर्च निरन्तरको आन्दोलन नाकाबन्दी लगायतका कारणका बाबजुत पनि ४५ प्रतिशत पुगेको थियो ।

बिकास निमार्णको कार्य समयमै सम्पन्न गर्नका लागी अघिल्लो आर्थीक बर्षको तुलनामा डेढ महिना अगाडी बजेट पनि ल्याईएको थियो तर पुरानै कर्मचारीहरुको पुरानै ढर्रा र पुरानै मानसिकताका कारण सोचेजती प्रगती हुन सकेको छैन् । आर्थीक बर्ष सकिन २ महिना मात्रै भएकाले ६० प्रतिशत खर्चलाई सन्तोषजनक पनि मान्न नसकीने उहाले बताउनुभयो । कैलालीमा रहेका राष्ट्रिय गौरबका आयोजनाहरु रानी जमरा कुलरीया सिचाई आयोजना र हुलाकी राजमार्ग आयोजनाको प्रगती भने उत्साहजनक देखीएको छ ।

रानीजमराका लागी सरकारले विनीयोजन गरेको विकास तर्फको बजेट १ अर्व ७७ करोड ८९ लाख हो भने त्यसको ९९ प्रतिशत अर्थात १ अर्व ७६ करोड १० लाख खर्च भईसकेको छ । १५ करोड ३३ लाख बजेट विनीयोजन भएको अर्को राष्ट्रीय गौरवको आयोजना हुलाकी सडक आयोजनाले प्रति कुल बजेटको ८६ प्रतिशत अर्थात १३ करोड २६ लाख खर्च गरीसकेको छ ।

नेपाल सरकारको ११ अर्ब लगानी र विश्व बैङ्कको ६ अर्ब ऋण सहयोगमा पहिलो चरणको काम भइरहेको कैलालीको चिसापानी स्थित रानी जमरा कुलरिया सिचाइँ आयोजनाले आर्थीक बर्षको २ महिना बाँकी रहेकाले थप बजेट मागको प्रक्रिया अन्तीम चरणमा पुगाएको छ ।

पहिलो चरणको निर्माण कार्य आगामी आर्थिक वर्ष २०७४÷०७५ सम्म सकिने समय सीमा भएपनि अहिले सम्म झण्डै ७० प्रतिशत भौतीक प्रगती गरेको आयोजनाले झण्डै ६५ करोड थप बजेट मागका लागी अर्थ मन्त्रालयमा फाईल पठाईसकेका रानी जमरा कुलरीया सिचाई आयोजनाका आर्थीक प्रशासन शाखा प्रमुख बाबुराम सुवेदीले बताउनुभयो ।

डेढ महिना अगाडी बजेट ल्याएपनि कर्मचारीहरुको काम गर्ने पुरानै शैलीका कारण यसपाली पनि कैलालीका लागी विनीयोजीत बजेट फ्रिज जाने सम्भावना बढेको छ । अझै पनि आर्थीक बर्षको २ महिना बाँकी रहेकाले बजेटको सहि सदुपयोग हुने गरी सरकारी कर्मचारीले युद्ध स्तरमा काम थाल्न जरुरी छ ।

Share.

Leave A Reply