This is a test

कैलालीमा रामजनमसंगै कांग्रेस छिरेका जनक पनि हारे

0

दीपक जोशी, धनगढी मंसिर २५ गते । 

कैलालीमा रामजनम चौधरीसंगै कांग्रेस छिरेका निवर्तमान सांसद जनक चौधरी पनि प्रदेश सभामा पराजित भएका छन । यस अघि बिजय गच्छदारको पार्टीबाट कैलाली १ मा चुनाव जितेर सांसद बनेका चौधरीलाई यस पटक नेपाली कांग्रेसले प्रदेश सभाको उमेद्वार बनाएको थियो । तर उनि राजपाका कृष्ण चौधरीसंग पराजित भएका छन । कृष्ण १२ हजार १ सय ८४ मतले बिजयी भए । दोस्रो स्थानमा रहेका जनकले ९ हजार ३ सय ८ मत पाए । बामगठबन्धनका उमेद्वार एमालेका लालबिर चौधरीले ३ हजार ७ सय ४७ मत पाए । तिनै जना थारु समुदायका उमेद्वार प्रतिस्पर्धामा थिए ।

कांग्रेसका उमेद्वार जनक चौधरी प्रदेश १ मा पराजित भएका बेला यस अघिको संबिधान सभाको निर्वाचनमा उनिसंग हारेका कांग्रेसका रणबहादुर रावल भने प्रदेश सभा २ मा बिजयी भएका छन । देशभर बामगठबन्धनको लहर छाएका बेला टिकापुरमा भने बामबठबन्धनका उमेद्वारहरु निकै पछाडी छन । यहाँ प्रदेशको एक सिट कांग्रेसले जितेको छ भने एक सिट राजपाले जितेको छ । कैलाली १ मा प्रतिनिधि सभामा भने फरार रहेका राजपाका रेशम चौधरी जित नजिक छन । उनले प्रतिस्पर्धी एमाले र कांग्रेसका उमेद्वारलाई निकै पछाडी पारेका छन । मोष्ट वान्टेड रेशम अग्रस्थानमा रहेको उक्त ठाउको मतगणना निकै सुस्त छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved