कैलालीमा युवा प्रतिभा सम्मान प्रदान

0

नवराज पनेरु, धनगढी ३१ आषाढ ।

धनगढीमा जिल्ला स्तरीय युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समितिको आयोजनामा भएको युवा प्रतिभा सम्मान अन्तरगत भएको कविता प्रतियोगिताका विजयी प्रतियोगीहरुहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरीएको छ ।यस्तै जिल्ला युवा समितिले सञ्चालन गरेको युवा सीपविकास तालिमका सहभागीलाई पनि सम्मान गरीएको छ ।

कृषि तर्फ मौरी पालक किसान उमाकुमारी खत्री, खेलक्षेत्रमा उल्लेखनीय कार्य गरे बाफत उसु खेलका प्रशिक्षक रतन बहादुर खाती र पर्यटन प्रवद्धनका क्षेत्रका अनुकरणीय कार्य गरे वापत योगेन्द्र बमलाई सम्मान गरीएको छ । जिल्ला स्तरीय युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गतको कविता प्रतियोगितामा प्रथम हुने तिर्थ भट्टलाई ४ हजार नगद सहित सम्मान गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved