This is a test

कैलालीमा बस पल्टदा सहचालकको मृत्यु

0

दीपक जोशी, धनगढी पुष ०२ गते ।

कैलालीमा पर्ने पुर्वपश्चिम राजमार्गमा बस पल्टीदा सहचालकको ज्यान गएको छ । दुर्घटनामा ४ जना सामान्य घाईते भएका छन । धनगढीबाट टिकापुर गईरहेको कर्णाली यातायातको से १ ख ११९२ नम्बरको बस आईतवार गौरीगंगा नगरपालिकाको राजीपुर बढैपुर सडक खण्डमा दुर्घटना हुदा सहचालकको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरिक्षक मदनराज जोशीले दुर्घटनामा मृत्यु भएका सहचालकको सनाखत भईनसकेको जानकारी दिनुभयो । उहाँले दुर्घटनामा सामान्य घाईते भएका ४ जनाको राजिपुर स्थित स्थानिय मेडिकलमा उपचार भईरहेको जानकारी दिनुभयो । सडकमा बाक्लो हुस्सु र कुहिरोका कारण बस पल्टीएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव निरिक्षक जोशीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved