This is a test

कैलालीमा निशुल्क औषधी कार्यक्रम प्रभावकारी भएन

0

नवराज पनेरु, धनगढी माघ १३ गते ।

संघियता कार्यान्वयनमा आएसंगै औसधी खरीदको जिम्मा स्थानीय तहमा प्रत्यायोजन गरिएपनि कैलालीमा निशुल्क औषधी कार्यक्रम प्रभावकारी देखीएको छैन् । औषधि अभाव झेलिरहेका विपन्न नागरिकलाई लक्षित गरी सरकारले आर्थिक वर्ष २०६४÷०६५ देखि निःशुल्क औषधिको अवधारणा ल्याएको हो ।

स्थानीय तह कार्यान्वयनमा आएसंगै औसधी खरीदका लागी सरकारले स्थानीय तहमै बजेट विनीयोजन गरेको छ तर निशुल्क औधसी भने सेवाग्राहीले पाएका छैनन् । कैलालीमा निशुल्क औषधीका लागी सवा करोड बढि बजेट विनीयोजन भएपनि निशुल्क औसधी भने सेवाग्राहीले नपाएका हुन् ।

कैलाली जिल्लामा एक दशकदेखी निशुल्क औसधी कार्यक्रम पुगीरहेपनि कार्यान्वयन प्रभावकारी नहुँदा सेवाग्राहीले लाभ पाउन सकेका छैनन् । निःशुल्क उपलब्ध गराइने भनिएका औषधिहरुमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक समेत रहेका छन् ।

जिल्ला अस्पतालमा ७०, प्राथमीक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीबाट ३५ किसीमका औसधीहरु निशुल्क वितरण हुने गर्छन । तर सरकारी स्वास्थ्य सस्थाहरुले सानोतिनो चेकजाँच गर्ने र औसधी खरीदका लागी निजी मेडीकलमा पठाउने गरेको बाडीपडिीत शिवीरमा बस्दै आउनुभएकी निशा पुन मगरले बताउनुभयो । विगतका बर्षहरुमा कैलाली जिल्लामा माग र आपूर्ति अध्ययन नगरी दामासाहीको हिसावले सरकारी स्वास्थ्य सस्थाहरुलाई औसधी बाडेको भेटीएको थियो ।

यो आर्थीक बर्षका लागी पनि निशुल्क औसधी खरीद गर्न १३ वटा स्थानीय तहलाई १ करोड १० लाख र जिल्ला जनस्वास्थ्य कार्यालयलाई १६ लाख बजेट दिईएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले बताउनुभयो । गत आर्थीक बर्षमा निशुल्क औसधीका लागी कैलालीमा ५५ लाख बजेट मात्रै विनीयोजन गरीएकोमा यो वर्ष त्यो दोव्वरले बढाएर एक करोड १० लाख गरिएको हो ।

अझ क्षेत्रीय स्वास्थ्य निर्देशनालयले पनि आफै खरीद गरेर औसधी पठाउने गरेको छ । स्थानीय तहलाई ५ लाख सम्मको औसधी कोटेसनका आधारमा खरीद गर्न पाउने अधिकार छ भने बाँकीका लागी टेण्डर मार्फत खरीद गर्नुपर्ने हुन्छ । स्थानीय तहहरुले नै निशुल्क औषधी समयमा किन्न नसकेकाले यो अवधारणा पनि प्रभावकारी कार्यान्वयन हुनेमा आसंका गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved