This is a test

कैलालीमा दैनिक पौने ३ लाख वरावरको भारतिय तरकारी आयात हुदै

0

दिपक जोशी, धनगढी पुस २९ गते ।

कैलालीमा माग अनुसारको उत्पादन नहुँदा दैनिक पौने ३ लाख वरावरको भारतिय तरकारी आयात भईरहेको छ । स्थानीय उत्पादनले नपुग्ने भएपछि दैनिक पौने तीन लाख बढीको तरकारी भारतबाट आयात भईरहेको हो ।

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा मात्रै कैलाली भन्सार नाकाबाट झण्डै ४० करोडको तरकारी आयात भएको भन्सार अधिकृत नारायणदत्त जोशीले बताउनुभयो । दैनिक रुपमा आवश्यक पर्ने तरकारीमा आत्मनिर्भर नहुदा ठुलो परिमाणमा भारतिय तरकारी आयात भईरहेको हो । यहाँ सबैभन्दा बढी आलु र प्याज आयात भईहरेको छ भने हरियो तरकारी र खुर्सानी पनि त्यतिकै मात्रामा आयात भईरहेको छ ।

अघिल्लो बर्ष पहिलो पाँच महिनामा झण्डै २५ करोडको तरकारी आयात भएपनि यस बर्ष भने सोही अबधीमा साढे १४ करोड बढीको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ । स्थानिय उत्पादनले नपुग्ने भएपछि भारतिय तरकारी आयात हुने क्रम निकै बढेको उहाले बताउनुभयो । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा कैलाली भन्सार कार्यालयबाट झण्डै ३३ करोडको त आलु मात्रै आयात भएको छ ।

जुन अघिल्लो बर्षको यहि अबधी भन्दा १४ करोडले बढी हो । त्यसपछि सबैभन्दा बढी साढे पाँच करोडको प्याज आयात भएको छ । तर टमाटर लौका र हरियो लगायत मिक्स तरकारीको आयात भने केहि कम भएको छ । सरकारले स्थानिय उत्पादनलाई बढावा दिएर बाह्य आयात प्रतिस्थापन गर्ने भनिरहेका बेला धनगढीमा भने तरकारीका लागि मासिक करौडौ रकम भारत गईरहेको छ ।

पर्याप्त उर्बर भुमी हुदा हुदै सरकारले किसानलाई सहुलियत पनि नदिएका कारण खेती किसानीप्रति आकर्षण बढ्न सकेको छैन । जस कारण प्रचुर उत्पादनको संभावना भएरपनि तरकारीका लागि पनि भारतकै भर पर्नु परेको हो । तर अब कृषिमा छुट्टै निति ल्याएर उत्पादन बढाउन लाग्नुपर्ने जिल्ला कृषि विकास कार्यालय कैलालीका बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

अहिले हिउदे तरकारीको सिजन हो । तर यो बेला पनि भारतिय तरकारीको आयात कम नभएको भन्सार कार्यालय कैलालीले जनाएको छ । त्यसैले तपाई हामीले आफ्नो करेसाबारीमा अलिकती मात्रै पनि मेहनत गरेर धनिया, हरियो साग मुला बन्दा लगायतका तरकारी उत्पादन ग¥यौ भने ठुलो रकम भारत जानबाट रोकिने थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved