This is a test

कैलालीमा दलहरुको अन्तिम प्रचार यस्तो रह्यो

0

एफएम संवाददाता, धनगढी मंसिर १८ ।

मौन अवधिको पुर्वसन्ध्यामा कैलाली जिल्लामा सबै दलहरु प्रचार प्रशारमा व्यस्त रहेका छन् । सबैभन्दा चाँसोको साथ हेरीएको कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा नेपाली काग्रेस, बाम गठबन्धन र विवेकशिल साझा पार्टी पनि अन्तीम दिन घरदैलो र चुनावी सभा मार्फत भोट मागेका छन् । वाम गठवन्धनले पनि धनगढीमा शक्ती प्रदर्शन गरेको छ । शक्ती प्रदर्शनपछि धनगढीको चटकपुरमा रहेको सहिद गेटमा भएको कोणसभालाई सम्वोधन गर्दै वाम गठवन्धन क्षेत्र नम्वर ५ का उम्मेदवार नारदमुनी रानाले आफ्नो जित सुनिश्चित भएको वताउँदै नतिजाको मात्रै प्रतिक्षामा रहेको दावी गर्नुभयो ।

आर्थिक प्रलोभन र विभिन्न सामाग्रीहरु बाँडेर मतदाता प्रभावित पारे पनि त्यसले कुनै प्रभाव नपार्ने रानाको भनाई छ । उहाँले मौन अवधिमा मतदाताहरु किनवेच हुने भएकोले चनाखो रहन वाम गठवन्धनका कार्यकर्ताहरुलाई अपिल गर्नुभयो । कोण सभामा वोल्दै वाम गठवन्धनका प्रदेश ख का उम्मेदवार रमेश धामीले वामगठवन्धनको लहरलाई कसैले रोक्न नसक्ने वताउनुभयो । उहाँले वाम गठवन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

नेपाली काग्रेसले पनि धनगढीमा आज शक्ति प्रदर्श गरेको छ । धनगढीको मोतीचौकबाट सुरु गरीएको ¥यालीले बजार परिक्रमा गरेको थियो । कैलाली निर्वाचन क्षेत्र नम्वर ५ वाट काग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवाले कैलालीको नदि कटान र डुबान समस्याको दीर्घकालीन समाधान गर्ने बताउनुभएको छ । प्रचार प्रशारको अन्तीम दिन आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राणाले यस्तो बताउनुभएको हो ।

उहाँले चुरेबाटै संरक्षण गर्दै कैलालीलाई प्राकृतीक प्रकोपबाट जोगाउने बृहत योजना सहित काम गर्ने नेत्री राणाले बताउनुभयो । उहाँले यस क्षेत्रको बिकासका चुनौति र सम्भावना बुझेर आफू कैलालीको चुनावी अभियानमा होमिएको बताउनु भयो । कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौं देखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उहाँले त्यसमा पनि पहल गर्ने बताउनुभयो । काँग्रेसले आज धनगढीका अन्तिम प्रचारका रुपमा ¥यालीको आयोजना समेत गरेको छ ।

बिवेकसिल साझा पार्टीले पनि चुनाव प्रचार प्रसारको आज अन्तिम दिन बिभिन्न स्थानमा चुनावी सभाहरुको आयोजना गरेको छ । धनगढीको घोडसुवा, फुलवारी र ट्राफिक चौराहमा बिबेकसिल साझा पार्टीले चुनावी सभाको आयोजना गरेको हो । बिभिन्न स्थानमा आयोजित चुनावी सभामा पार्टीका प्रदेश संयोजक गोपाल हमाल, प्रतिनिधि सभाका उमेद्वार दिनेशराज भण्डारी र प्रदेश सभाका उमेद्वार प्रकासचन्द्र भट्ट र नारायण चौधरीले संबोधन गर्नुभएको थियो ।

चुनावी सभालाई संबोधन गर्दै बिबेकसिल साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले पुराना पार्टीहरु फल नदिने बृक्ष भईसकेकोले अब उनिहरुबाट जनताले फलको आशा राख्न नहुने बताउनुभयो । प्रजातन्त्र आएको २८ बर्ष भईसक्दा समेत जनताको विकासको चाहना पुरा गर्न पुराना दलहरु असफल भएकोले अब देश विकासको संकल्प सहित आएको बिबेकसिल साझा पार्टीलाई मत दिनन हमालले मतदातालाई आग्रह गर्नुभयो ।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उमेद्वार दिनेशराज भण्डारीले कांग्रेस एमाले र माओवादीले अहिलेसम्म भागबण्डाको राजनीति मात्रै गरेको आरोप लगाउनुभयो । लुटतन्त्रको अन्त्यका लागि व्यवसायीक मानिसहरु राजनीतीमा नआई नहुने परिस्थीति आएकाले, आफ्नो ठाउ आफै बनाउने अठोठका साथ आफुहरु राजनितिमा आएको उहाँले बताउनुभयो ।

चुनावी सभाहरुलाई प्रदेश सभाका उमेद्वार प्रकासचन्द्र भट्टले पनि संवोधन गर्नुभएको थियो । धनगढी खुटिया सडकखण्ड अन्तर्गत पर्ने घोड्सुवामा आयोजित सभामा बोल्दै उहाँले सत्तामा राज गरेका दलहरुले चुनावको मुखमा सडक निमार्ण गर्ने लिखित प्रतिबद्धता गरेर पनि चुनाव पछि काम नगर्ने परापाटीको अनत्यका लागि आफुहरुलाई भोट दिन आग्रह गर्नुभयो ।

उता कैलालीको क्षेत्र नम्वर ४ की स्वतन्त्र उम्मेदवार गीता राणा क्षेत्रीको प्रचार प्रसारमा माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रचार प्रसार सामाग्रीहरु च्यातेको आरोप कायर्कर्ताले लगाएका छन । क्षेत्र नम्वर ४ को अत्तरीया, जोनापुर, वल्मी, मझगाउँ लगायतका क्षेत्रमा लगाईका प्रचार सामाग्रीहरु च्यातेको स्वतन्त्र उम्मेदवार राणाको प्रचार प्रसार समितीका प्रवक्ता माधव चौधरीले जानकारी दिनुभयो । यस्तै चुरे गाउँपालिकाको फल्टुडेमा पनि राणाको प्रचार प्रसारमा अवरोध गरिएको चौधरीले बताउनुभयो । स्वतन्त्र उम्मेदवार राणाले आज अत्तरीया उदासीपुर जोनापुर वल्मी लगायतका स्थानहरुमा घरदैलो चुनावी सभा गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved