कैलालीमा झण्डै ६० हजार नयाँ मतदाता थपीए

0

धनगढी, ४ भदौ ।

निर्वाचन आयोगले मतदाता नामावलीका लागी नाम दर्ता खुल्ला गरेपछि कैलालीमा झण्डै ६० हजार नया मतदाता थपीएका छन् । साउन १ गतेदेखी सुरु भएको मतदाता नामावली दर्ताको कार्य सुरु भएकोमा अन्तमि दिन सम्म ६० हजारले दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ । कैलालमिा १२ वटा स्थानीय तहका कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालय मार्फत नाम दर्ताको कार्य भएको थियो । यस अघि घर बाहिर रहेका वा १८ बर्ष उमेर पूरा भएका नागरिकलाई अब हुने प्रादेशिक र केन्द्रीय निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा दर्ता टोली खटाएको थियो ।

यस्तै टिकापुर नगरपालिकामा ८ हजार ३ सय ७० जना नया“ मतदाता थपिएका छन् । टिकापुरमा भने साउन १६ गतेदेखि आज सम्म नगरपालीकाको कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा संकलन गरेको थियो । थपिएका मतदातामा महिला मतदाताको संख्या बढी रहेको छ । नयां मतदातामा ५ हजार एक सय ४५ महिला र ३ हजार दुई सय २ पुरुष थपिएका मतदाता नामावली दर्ता टोलीका टीकापुर नगरपालिकाका सम्पर्क ब्यक्ति अमृता रावलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved