This is a test

कैलालीमा एमाले र लोकतान्त्रीक फोरमको संयुक्त जिल्ला समन्यव समिति गठन

0

दीपक जोशी, धनगढी २७ साउन ।

कैलालीमा नेकपा एमाले र लोकतान्त्रीक फोरमको संयुक्त जिल्ला समन्यव समिति बनेको छ । एमाले र फोरमले मिलेर जिल्ला समन्यव समितिको निर्वाचनमा भाग लिएपछि दुबै पार्टीको संयुक्त जिल्ला समन्यव समिति बनेको हो । कैलालीको जिल्ला समन्यव समितिको प्रमुखमा एमालेका शुर्य बहादुर थापा र उपप्रमुखमा पनि एमालेकै शुन्दरीदेबी थारु सहित सबै सदस्यहरु निर्वीरोध निर्वाचीत भएका हुन । समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ४ सदस्य एमालेका रहेका छन भने फोरम लोकतान्त्रीकका एक खुला सदस्य र दुई महिला सदस्य रहेका छन ।

जिल्ला समन्वय समिति कैलालीको निर्वाचनका लागि भएको मनोनयन दर्तामा एमाले र लोकतान्त्रीक फोरम पार्टीको मात्रै उम्मेदवारी परेपछि सम्पुर्ण टिम निर्विरोध निर्वाचीत भएको हो । मुख्य निर्वाचन अधिकृत धनसिंह महराले एमाले र फोरमका तर्फबाट मात्रै उम्मेदवारी परेपछी उनीहरु स्वतः निर्वाचीत भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्वाचीत थापा लम्की चुहा नगरपालिका वडा नम्बर १ बाट वडासदस्यमा निर्वाचीत हुनुभएको थियो भने उपप्रमुख चौधरी गौरीगंगा नगरपालिका वडा नम्बर ५ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो । यस्तै सदस्यहरुमा एमालेका ललित साउद, टेकबहादुर बुढा, देवी भण्डारी, मालती सार्की र फोरमका बिष्णु चौधरी, मिना चौधरी र राजकुमारी महतो पनि निर्वीरोध निर्वाचीत भएका छन ।

जिल्ला समन्यव समितिमा निर्वाचीत पदाधिकारीहरुको आईतवार सपथ तथा पदभार ग्रहण हुने मुख्य निर्वाचन अधिकृत महराले जानकारी दिनुभयो । कैलालीका १३ स्थानीय तह मध्ये एमालेले ७, कांग्रेसले ३ माओवादीले २ र लोकतान्त्रीक फोरमले १ स्थानिय तहमा जित हाँसिल गरेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved