This is a test

कैलालीमा एचआईभी संक्रमित घट्दै

0

दीपक जोशी, धनगढी मंसिर १५ गते ।

कैलालीमा एचआइभी संक्रमण घट्नुका साथै संक्रमितहरुको मृत्युदर घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ । पछिल्लो समयमा जनचेतनाको विकाससंगै संक्रमतिहरुले एआरभी औषधिको सेवन गर्न थालेपछि एचआइभी÷एड्स संक्रमण र संक्रमितहरुको मृत्युदर कम हुदै गएको बताईएको छ । जिल्ला एड्स हेल्थ फाउण्डेशन कैलालीको तथ्यांक अनुसार कैलालीमा पछिल्ला वर्षहरुमा एचआइभीको संक्रमण घट्दो क्रममा रहेको हो ।

आर्थिक वर्ष २०७२÷७३ मा एचआइभी एड्सबाट ४० जनाको ज्यान गएकोमा पछिल्लो आर्थिक वर्षमा त्यो संख्या करिब आधाले घटेर २० जनामा सीमित भएको एड्स हेल्थ केयर फाउण्डेश कैलालीका कार्यक्रम संयोजक माधव पन्तले बताउानुभयो । कैलालीमा सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल परिसरमा एआरटी सेन्टर सञ्चालित छन् ।

कैलालीमा हाल १ हजार १ सय ८९ जनाले नियमिति एआरभी सेवन गरिरहेका छन । नियमित औषधी सेवन गर्ने क्रम बढेपछि मृत्युदरमा कमी आएको सरोकारवालाले बताएका छन । तर सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेहरुको जमात निकै ठुलो भएकोले एचआईभी एड्सको पुर्ण रोकथामका लागि स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्ने सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरले बताउनुभयो ।
आज विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित मनाइँदै छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved