कैलालीमा अवरुद्ध हुलाकी सडकको निर्माण कार्य सुरु

0

सीताराम ओझा, धनगढी २५ असोज ।

फाईल फोटो

हुलाकी राजमार्गको सवैभन्दा वढी निर्माणको काम सकिएको कैलालीमा केही भागमा विभिन्न समस्याका कारण निर्माणको काम अगाडी वढ्न सकेको थिएन् । गत माघ ६ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक र भारतीय राजदुत रन्जित रायले निर्माण सम्पन्न नगर्दै उद्घाटन गरिएको हुलाकी सडकमा देखिएको अवरोध हटेपछि पुनः निर्माणको काम अगाडी वढेको छ ।

धनगढीको क्याम्पसरोडदेखि सत्तीसम्म र लम्कीदेखि खक्रौलासम्म दुई खण्डमा निर्माण गरिएको हुलाकी सडक खण्डको धनगढी सत्ती सडक खण्डमा १८ किलोमिटर वन परेका कारण त्यसमा ढिलाई भएको थियो तर चालु आर्थिक वर्षमा १८ किलोमिटर मध्ये १६ किलोमिटरमा रुख कटानको काम सुरु सकिएसँगै निर्माणको कामले गति लिएको छ । गत फागुनमा ३० महिनाको निर्माण अवधि सहित तुन्डी परेरा चन्द्रा एण्ड वसन्ता जेभीले निर्माणको ठेक्का लिएपछि त्यहाँ अहिले निर्माणको काम भईरहेको छ ।

दश वर्ष अगाडी गरिएको वातावरण प्रभाव मुल्याकंनमा र अहिले फिल्डमा रुखहरुको संख्या फरक परेपछि दुई किलोमिटरमा भने काम अगाडी वढ्न सकेको छैन । तर त्यहा पनि वातावरणीय प्रभाव मुल्यांकनको काम अन्तिम चरणमा पुगेकोले त्यो समस्या पनि समाधान हुने चरणमा रहेको हुलाकी राजमार्ग आयोजनाका प्रमुख तुरुन्त मण्डलले बताउनुभयो ।

क्याम्पसरोडसम्म निर्माण कार्य सकिएको हुलाकी सडकलाई धनगढीमा भने कुन क्षेत्रवाट लगेर कञ्चनपुरमा जोड्ने भन्ने विवाद कायमै रहेका बेला वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म सर्भे पनि भईसकेको छ । हुलाकी राजमार्ग आयोजनाले डिजाईन सर्वेको काम सकेर आयोजनाको केन्द्रिय कार्यालयमा पठाएको छ । मुख्य बजार क्षेत्र र घना बस्तीबाट राजमार्ग निर्माण गर्दा घरलगायत धेरै संरचना भत्काउनु पर्ने भई लागत बढने भएकाले बजारको दक्षिणी भाग वडा नं २ र ८ हुँदै क्याम्पस चोक जोड्ने गरी हुलाकी राजमार्गको रेखाङ्कन गरिएको हो ।

यसका लागि वोलपत्र आव्हानको तयारी गरीएको हुलाकी राजमार्ग आयोजनाका प्रमुख मण्डलले बताउनुभयो । कैलालीमा अवरुद्ध कामले गति लिनुको साथै कञ्चनपुरको डोकेवजार वेलौरी वेल्डाडी दैजी सडक खण्डमा पनि धमाधम निर्माणको काम भईरहेको छ । दुवै जिल्लामा निर्माणका कामहरु गर्नका लागि चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग आयोजनालाई झण्डै १७ करोड ७२ लाख वढी वजेट स्वकृत भएर आएको छ ।

यो वजेटवाट ६ वटा पुलहरु निर्माण हुनुका सडक निर्माण हुनेछ । कहिले केही त कहिले केही समस्यामा अल्झिदै आएको हुलाकी राजमार्ग आयोजनाको काम अगाडी वढेपछि यस क्षेत्रका वासिन्दाहरु आशावादी भएका छन । तर यो कहिलेसम्म रहने हो भन्नेमा पनि स्थानीयले आशंका व्यक्त गरेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved