This is a test

कैलालीको गोदावरी धाममा आजदेखि ‘१२ राशी दर्शन मकर मेला’ सुरु

0

धनगढी, माघ ०१ गते ।

मकर संक्रान्तिका अवसरमा आजदेखि सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ । १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने ।

गोदावरी धाम विकाश समितीका संयोजक पदमराज जोशीले बतााउनुभयो । मकर मेलाको उद्धघाटन भने हिजो प्रधानमनत्री शेरबहादुर देउवाले गर्नुभएको थियो । धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा त्यहां स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको छ ।

२ बर्ष अगडी गोदावरीमा कुम्भ मेला अयोजना गरएको थियो । संयोजक जोशीले हरेक १२ वर्षमा महाकुम्भ हुने, हरेक ६ वर्षमा अर्ध कुम्भ आयोजना हुने भएपनि, हरेक वर्ष माघ १ गते देखि १२ गते सम्म १२ दिन भने ‘गोदावरी १२ रासी दर्शन मकर मेला’ आयोजना गरिने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved