This is a test

कैलालीका राजी समुदायको पुख्र्यौली पेशा संकटमा

0

नवराज पनेरु, धनगढी माघ ०६ गते ।

कैलालीका राजी समुदायको पुख्र्यौली पेशा संकटमा परेपछि दैनीकी चलाउनका लागी उनीहरुलाई समस्या भएको छ । प्राकृतिक स्रोत र साधनमाथिको पहुँच घट्दै गएपछि लोपोन्मुख समुदाय अन्तर्गत पर्ने राजीको पेशा हराउदै जाँदा उनिहरुको खाद्य अधिकार पनि संकटमा परेको छ । समाजभन्दा टाढा बस्न मन पराउने राजी समुदायको मुख्य पेशा जंगलमा मह काढ्ने, गिट्ठा–भ्याकुर कोर्ने, नदीमा माछा मार्ने तथा डुंङगा चलाउने हो ।

तर राज्यले सामुदायीक बनको अवधारण ल्याएपछि प्राकृतिक स्रोतमाथि निर्भर रही परम्परागत पेशा अँगालेर जीविकोपार्जन गर्ने उनिहरु हाल आएर समस्यामा परेका छन् । मुख्य पेशा नै संकटमा परेपछि दैनीकी चलाउन समेत धौ धौ भएको राजी सेवा समाज कैलालीका अध्यक्ष चित्रवहादुर राजीले बताउनुभयो ।

नदी, तालतलैया ठेक्कामा दिन थालेपछि माछा मार्ने तथा डुंगा चलाउने र सामुदायिक वनहरूले राजी कुमाल समुदायलाई सहज रूपमा जंगलमा पस्न नदिएपछि माटाका भाँडा बनाउने पुख्र्यौली पेशा पनि ओझेलमा परेको छ । बजारमा सहज रूपमा पाइने प्लास्टिकका भाँडा कुँडाले पनि आफ्नो पेसा धरापमा परेको उनिहरुको भनाई छ ।

खेतीपातीका लागी पर्याप्त जग्गा समेत नहुदा भारत जानुपर्ने बाध्यता आएको राजी सेवा समाजका पुर्व केन्द्रिय अध्यक्ष समेत रहनुभएका कैलालीको खैलाडका स्थानीय भक्तवहादुर राजीले बताउनुभयो । राजी समुदायको प्राकृतिक स्रोत माथिको पहुँचलाई सहज बनाउनुपर्ने र परम्परागत सीपलाई आधुनिकीकरण गरी व्यवसायिक रूपमा विकास गर्नुपर्ने माग गरेका छन् ।

पहिले जंगल, नदी र तालतलैयाबाट नै गुजारा चलाउने राजी समुदायले अव नदी तथा प्राकृतिक तालहरूमा डुंगा चलाउने, माछा मार्नेे काममा राजी समुदायलाई अग्राधिकार दिइनुपर्ने माग गर्दै आएका छन् । कैलालीको खैलाडसंगै, लालबोझी, पथरैया, साँढेपानी, मसुरिया, चौमाला लगायतका ठाउँमा राजी समुदायको बसोबास रहेको छ ।

उनीहरु खाद्य अधिकारवाट वन्चित वन्दै जाँदा यसले विकराल अवस्था सिर्जना हुन सक्ने पनि देखिएको छ । त्यसैले लोपोन्मुख राजी समुदायमा जनचेतना फैलाएर शिक्षाको व्यवस्था गर्न सकियो भने उनीहरुको खाद्य अधिकार सुनिश्चित गर्न सकिने खाद्य अधिकारका अगुवाहरुको धारणा रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved