This is a test

कृषि क्याम्पस सञ्चालनका लागी १० बिगाहा जग्गा

0

दुर्गा देवकोटा, टिकापुर पुस १२ गते ।

वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी टीकापुरले कृषि तथा वन विश्वविद्यालय अन्तरगत संचालन हुने टीकापुर प्राकृतिक स्रोत व्यवस्थापन कलेज संचालनका लागि १० बिगाहा जग्गा दिने निर्णय गरेको छ । कलेज संचालनका लागि ५ कोठे पक्कि भवन उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

मंगलवार वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठीका गुठियार प्रमुख नवराज रावलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यसै आर्थिक वर्षमा कलेज स्थापना गरि संचालनमा ल्याउने उद्देश्यले काम गर्ने निर्णय पनि गरेको गुठियार प्रमुख नवराज रावलले जानकारी दिनुभयो ।

बैठकमा गुठियारका सदस्य सचिव कृतिसिंह बम, वीरेन्द्र विद्या मन्दिर उच्च माध्यमिक विद्यालयका प्राचार्य यज्ञराज ज्ञवाली, वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हर्क वहादुर भण्डारी, टीकापुर स्रोत केन्द्रका स्रोतव्यक्ति धनवहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved