This is a test

काममा लापवार्ही गर्दै हुनुहुन्छ ? तपाई लाई सिसि क्यामेराले निगरानी गर्दैछ

0

दीपक जोशी, धनगढी माघ ०५ गते ।

निमार्ण व्यवसायीले काममा चरम लापवार्ही गर्ने गरेको, कमसल सामाग्री प्रयोग गरेको लगायतका कुराले चर्चा पाईरहेका बेला अब सरकारले निमार्ण स्थलमा सिसि टिभी क्यामेरा जडान गर्ने भएको छ । कैलालीमा भईरहेको विकास निमार्णको कार्यको प्रत्यक्ष अवलोकनका लागि सिसि क्यामेरा जडान गर्ने तयारी भईरहेको छ । शहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीले केहि दिनमै यसको सुरुवात गर्ने तयारी गरिरहेको छ ।

निर्माणस्थलमै सिसि क्यामेरा जडान गर्ने प्रबिधिले विकास निमार्णका कार्यमा भईरहेको लापवार्ही र अनियमितता कम हुने विश्वास गरिएको छ । सरकारले बागलुङ जिल्लाबाट सुरु गरेको यो प्रबिधि कैलालीमा पनि लागु हुने चरणमा पुगेको हो । यहाँ सेती अञ्चल अस्पतालको नयाँ भवन निमार्णको क्रममा सिसि क्यामेरा जडान गरेर यो प्रबिधिको सुरुवात गर्ने शहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रबिन्द्र बोहराले बताउनुभयो ।

कार्यालयमै बसेर सिसि क्यामेरा मार्फत निमार्णस्थलको प्रत्यक्ष अवलोकन गर्न सकीने भएकोले यो प्रबिधि लागु भएपछि कामको गुणस्तरमा सुधार आउनुका साथ समयमै काम सम्पन्न हुने परिपाटी लागु हुने अपेक्षा गरिएको छ । ईन्टरनेटको पहुच भएका क्षेत्रका सबै निमार्ण स्थलमा सिसि क्यामेराको प्रबिधि जडान गरेर प्रत्यक्ष अवलोकन गरिने शहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख बोहराले बताउनुभयो ।

यता सिसि क्यामेरा जडान गरेर कामको प्रत्यक्ष अवलोकन गर्ने प्रबिधिको सुरुवात हुने भनेपछि निमार्ण व्यवसायीहरुले पनि खुसी व्यक्त गरेका छन । कैलालीमा सबैभन्दा पहिले सिसि क्यामेरा प्रबिधिको सुरुवात हुने सेती अञ्चल अस्पतालको भवन निमार्णको ठेक्का पाउनुभएका निमार्ण व्यवसायी प्रकाश सेठीले सिसि क्यामेरा राखिए मजदुरहरु चनाखो भएर काम गर्ने, छितोछरितो काम हुने र लापवार्ही नगरी गुणस्तरीय काम समयमै सम्पन्न शुने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved