काँग्रेस र माओवादी गठबन्धनका कारण नेपालको अस्तित्व खतरामा : उपाध्यक्ष रावल

0

शिबराज भट्ट, धनगढी २८ भदौ ।

पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिलेको काँग्रेस र माओवादीको गठबन्धन लामो समयसम्म रहीरह्यो भने नेपालको अस्तित्व खतरामा पर्ने बताउनु भएको छ । नेकपा एमाले कैलालीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले यो गठनबन्धले नेपालको अस्तित्व र पहिचान गुम्ने खतरा रहेको बताउनुभयो । उहाँले अहिलेको तालमेल देशको अस्तित्व समाप्त गर्नका लागि दिल्लीमा भएको तालमेल भएको आरोप लगाउनुभयो ।

भारतमा गएर नेपालको ९० प्रतिसत सांसदले हस्ताक्षर गरेर जारी गरेको संविधानको संसोधनको कुरा लम्पसार शैलीमा ब्यक्त गर्नु, नेपालको योजना आयोगको नीति तथा कार्यक्रमका बारेमा भारतलाई जानकारी गराउने सम्झौता गराउनु र अन्य धेरै चरित्र हेर्दा अहिलेको गठबन्धन जादुको जस्तै गरी विदेशीले बनाएको आरोप नेता रावलको थियो । आफ्नो पौने दुई घण्टा लामो भाषणमा नेता रावलले अधिकांस समय काँग्रेस र माओवादी केन्द्रको आलोचनामै खर्चनु भएको थियो ।

उहाँले, प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पुरानो रेकर्ड तोड्दै निर्वाचन आचार संहीता विपरित ईतिहासकै ठुलो मन्त्रीमण्डल बनाएर देशको ढुकुटी सिध्याउन खोजेको आराप पनि लगाउनुभयो । उहाँले, अबको संघीय र प्रदेशको निर्वाचनमा काँग्रेस माओवादीको गठबन्धनले नेपालको सार्वभौमिकताको प्रतिकुल गरेका निर्णयका बारेमा जनतालाई प्रश्न सोध्न आग्रह गर्नुभयो । गठबन्धनलाई माँग्रेसको संज्ञा दिदै नेता रावलले निर्वाचन क्षेत्र निर्धारणमा गरिएको बदमासीले भुगोलमा रेखा कोरेपनि जनताको मनमा भने रेखा कोर्न नसकिने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved