काँग्रेस र माओवादी उमेदवार छनौटमै रुमल्लि रहेका बेला कञ्चनपुरमा एमालेका उम्मेदवारहरु घरदैलो गर्दै

0

महेन्द्रनगर, २२ बैशाख ।
काँग्रेस र माओवादी केन्द्रले उमेदवारको टुंगो नलगाई सकेका बेला नेकपा एमाले कञ्चनपुरले भने घरदैलो अभियान तिब्र पारेको छ । प्रदेश नम्बर ७ मा हुने दोस्रो चरणको निर्वाचनलाई ध्यान दिदै एमालेले जिल्ला भरी नै घरदैलो अभियानलाई तिब्रता दिएको हो ।
एमालेले यसअघि तय भएको निर्वाचन कार्यतालिकालाई मध्यनजर गर्दै पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारको निर्णय गरिसकेको थियो । उम्मेदवारको टुंगो लगाइसकेको नेकपा एमालेले दोस्रो चरण अन्र्तगत जेठ ३१ गते हुने निर्वाचनका लागि अहिलेदेखी नै घरदैलो अभियानलाई तिब्रता दिएको हो ।
नेकपा एमाले कञ्चनपुरका सचिव समेत रहेका भीमदत्त नगरपालिकाका प्रमुखका उम्मेदवार सुरेन्द्र विष्टले जिल्लाकै ९ वटै तहमा पार्टीले घरदैलो अभियान शुरु गरेको बताउनुभयो । पार्टीले सार्वजनिक गरेको घोषणा पत्र सहित स्थानीय तहमा एमालेले गर्ने अबको कामका बारेमा मतदातालाई जानकारी गराउने गरिएको उहाँले बताउनुभयो ।
नेकपा एमालेले घरदैलो अभियान शुरु गरिरहँदा अन्य पार्टीले भने उम्मेदवारकै टुंगो लगाउन सकेका छैनन । पूर्वनिर्धारित कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम टुंगो लगाउन तयारी गरिरहेका दलहरुले प्रदेश नम्बर ७ मा दोस्रो चरणमा निर्वाचन हुने तय भएपछि त्यो पनि अहिले स्थगित गरेका छन ।

Share.

Leave A Reply