काँग्रेसका जिल्ला तहका ३० जना नेताद्धारा संयुक्त राजीनामा

0

प्रकाश सिंह, बाजुरा २६ साउन ।

नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पंण्डित सहित ३० जनाले संयुक्त रुपमा राजिनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरी उनीहरुले राजीनामा दिएको जानकारी दिएका हुन । नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुरा गठन गरेको भन्दै संयुक्त राजिनामा दिएको पुर्व सचिव पण्डितले वताउनुभयो ।

राजिनामा दिनेमा ७ जना जिल्ला कार्य समिति सदस्य रहेका छन भने महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह, तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकाया, कोषाध्यक्ष श्रीचन्द्र पाध्याय, नेपाल दलित संघ केन्द्रीय सदस्य वीर बहादुर विक, बडीमालिका नगरपालिका नगर कार्यबहाक सभापति धनलाल पाध्याय र पुर्व जिल्ला कार्य समिति सल्लाहकार संयोजक देववहादुर रोकायाले पनि राजिनामा दिएको पत्रकार सम्मलेनमा जानकरी गराईएको छ ।

पत्रकार सम्मेलनमा नेपालिका कागे्रसका केन्द्रिय सदस्य तथा सासद बद्रि पाण्डे, जिल्ला सभापति कविराज पण्डित, महासमिति सदस्य देबराज जोशी, जनकराज गिरी, त्रिबेणी नपरपालिकाका मेयर रामसिंह रावल र पुर्वपाटि सभापति मान बहादुरले आफ्नै मनोमानीमा जिल्ला समन्वय समितिको उम्मेद्धवार छनोट गरेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समितिको संयोजक छनौटमा जिल्ला कार्य ससिमतिको बैठक नै नबसी छनौट गरेको भन्दै नेपाली काँग्रेसका भातृ संघ संगठनका प्रमुखहरुले पनि राजिनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले वताउनुभयो । पार्टीमा रहेका भातृ संगठनहरुको सुझाव सल्लाह नलिई एकलौटी गर्दै नितीको उल्लघन गरेको भन्दै पार्टीको कुनै पदमा नरहने गरी राजिनामा दिएको महिला संघ अध्यक्ष अमृता ंिसंहले वताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved